Logo

अटोमेसनमा जाने तयारीमा एनटिए, सफ्टवेयर डेभलपर छनौट गरिदै

अटोमेसनमा जाने तयारीमा एनटिए, सफ्टवेयर डेभलपर छनौट गरिदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अफिसलाई अटोमेसनमा लैजाने तयारी थालेको छ । प्राधिकरणले चालु आर्थिक बर्षभित्र अफिस अटोमेसनमा जाने गरी तयारी गरिरहेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

अफिस अटोमेसनमा लैजानका लागि प्रक्रिया तिव्र रुपमा अघि बढेको उनले बताए । ‘अटोमेसनका लैजानका लागि ६ ओटा सफट्वेयर डेभलपर संस्थाले आवेदन दिएका थिए, इभ्यालुएसनको क्रममा छ ’ उनले भने ।
ती मध्ये उत्कृष्ट कम्पनी छनौट गरी सफ्टवेयर तयार गरिने र तेस्रोे चौमासिकमा सो सफ्टवेयर परीक्षण गरि सञ्चलनमा ल्याइने बताइएको छ । जसअन्तर्गत टाइप अप्रुभल, स्पेक्ट्रम म्यानेजमेन्ट फ्रिक्वेन्सि तथा आइएसपिको व्यवस्थापनलगायतमा अनलाइन मेकानिजम (अटोमेशन) तयार गर्न लागेको सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

सेवालाई छिटो,छरितो तथा सजह बनाउने उद्देश्यका साथ अनलाइनमा जान लागेको उनले जानकारी दिए । अनलाइन मेकानिजम लागु भएपछी पेपर वर्क पनि कम हुने उनको दावी छ ।

प्राधिकरणमा व्यवसायीले प्रक्रिया झन्जटिलो रहेको गुनासो गरकाले यसलाई अनलाइनमा लैजाने तयारी गरिएको बताइएको छ । अफिस अटोमेसन पश्चात प्रशासन शाखामा रहेका कर्मचारीको व्यक्तिगत विवरण रहेको फाइललाई डिजिटलाइज्ड गरि सुरक्षित राखिने छ ।

त्यस्तै हाल अकाउन्टिङ सफ्टवेयरको व्याकअप विश्वसनिय नभएकोले वेव वेस व्याकअप सिस्टम राख्ने बताइएको छ । त्यस्तै नयाँ सफ्वेयर खरीद गरि इन्टरनेटको गुणस्तर मापन गर्न लागेको समेत उनले जानकारी दिए ।

प्राधिकरणले अफिस अटोमेसनका लागि सो कार्यका लागि १ करोड बराबरको बजेट छुट्याइएको छ । अफिस अटोमेसनलाई प्राधिकरणले चालु आवको बार्षिक कार्यक्रम भित्र राखेको छ ।

प्राधिकरणले टाइप अप्रुभलको सेवालाई छिटो,छरितो तथा सजह बनाउने उद्देश्यले अनलाइनमा लैजान लागिएको मिश्रले जानकारी दिए ।   हाल नेपालमा सबै प्रकारका मोबाइल सेट, फोन सेट, ट्याबलेटलगायत उपकरण नेपालमा बिक्रीस्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ । प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको उपकरणले मात्रै स्तर स्वीकृति पाउँछन् ।

दूरसञ्चार ऐन २०५३ को दफा १३(च) तथा दफा १४ अनुसार मोबाइल सेट, ट्याबलेट, रेडियो उपकरण, वाइफाई, ब्लुटुथलगायत उपकरण तथा नेटवर्कले स्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्