Logo

डिजिटल रुपान्तरणका लागि विश्व बैंकको साढे १७ अर्व सहयोग, १० लाख नागरिकलाई भरपर्दो इन्टरनेट

डिजिटल रुपान्तरणका लागि विश्व बैंकको साढे १७ अर्व सहयोग, १० लाख नागरिकलाई भरपर्दो इन्टरनेट



काठमाडौं । विश्व बैंकले नेपालमा डिजिटल नेपाल एक्सीलेरेसन(डीएनए) परियोजना अन्तर्गत १४ करोड डलर (१७ अर्ब ५३ करोड रुपैयाँ) सहयोग गरेको छ । बैंकले धेरै नेपाली नागरिकहरुलाई ब्रोडब्याण्ड इन्टरनेट विस्तार र डिजिटल अर्थतन्त्रको पहुँचमा पुर्याउनका लागि उक्त परियोजनामा लगानी स्विकृत गरेको हो ।

उक्त सहयोगले धेरै नेपालहरु डिजिटल रुपान्तरणको हिस्सा हुने स्वच्छा, विकाससिल कार्यमा लाग्ने माल्दीभ्स, नेपाल र श्रीलंकाका कन्ट्री डाईरेक्टर फरिस हदाद जर्भसले बताए । यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्याउने छ । यो फ्रेमवर्क नेपाल सरकारले सन २०१९ मा डिजिटल प्रविधिमा रुपान्तरण हुनका लागि सहयोग पुर्याउने गरी सार्वजनिक गरेको थियो ।

विश्व बैंकको उक्त परियोजनाले नेपालका धेरै ग्रामिण भेगमा मानिसहरु र व्यवसायीसँग उच्च गतिको सस्तो इन्टरनेट पुर्याउन सहयोग पुर्याउने छ ।

यस्तै यसले नेपालका गाउँ गाउँसम्म डिजिटल प्लेटफर्ममार्फत सरकारी सेवा पुर्याउनसमेत उत्तिकै सहयोग पुर्याउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL