Logo

कर्णाली र सुदुरपश्चिमलाई दियो विश्व बैंकले ९ अर्ब ९५ करोड, पूर्वाधार र खानेपानीमा लगानी

कर्णाली र सुदुरपश्चिमलाई दियो विश्व बैंकले ९ अर्ब ९५ करोड, पूर्वाधार र खानेपानीमा लगानी



काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालका लागि ८ करोड डलर (हालको विनिमय दर अनुसार ९ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ) बराबरको परियोजना स्विकृत गरेको छ । नेपालको खानेपानीको व्यवस्थित आपुर्तिसँगै सरसफाई कार्यक्रम सुधार र एकिकृत जलस्रोत व्यवस्थापनका लागि उक्त परियोजना स्विकृत गरिएको हो ।

नेपाली अर्थतन्त्रको सुधारका लागि स्थानीय तहमा खानेपानी तथा सरसफाईका पूर्वाधारण निर्माणमा उक्त परियोजना सहयोगी हुने माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले बताए । उनका अनुसार यसले नेपालको सरसफाई र खानेपानी क्षेत्रमा रहेको पूर्वाधार विकासको ग्यापलाई भर्ने काम गर्नेछ ।

यो परियोजना खासगरी कर्णाली र सुदुरपश्चिम प्रदेशका रणनीतिक शहर तथा गाउँपालिकामा लागु हुनेछ । यी दुवै प्रदेशमा उच्च गरिवी, मौसम परिवर्तनको असर र खानेपानी तथा सरसफाईमा ज्यादै न्युन पहँुच भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL