Logo

फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?



काठमाडौं । भारतीय आयल कर्पाेरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पुनः बढेको पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । बुधबार आईओसीले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढाएर पठाएको हो ।

यसपाली आईओसीले डिजेलको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटाएर पठाएको छ । यस्तै आईओसीका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेको छ ।

पछिलो समय लगातार उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण उपभोक्ताहरु आजित भईसकेका छन् । नेपालमा हाल पेट्रोल प्रतिलिटर १ सय ८० र डिजेल मट्टितेल प्रतिलिटर १६३ रुपैयाँमा विक्री भईरहेको छ । नेपाल आयल निगमले अझै भारतीय आयल निगमलाई १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले निगमले नेपालमा पुनः तेलको मूल्य बढाउने सम्भावना देखिन्छ ।

नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL