Logo

पेट्रोल र डिजेलमा लाग्दै आएको १० रुपैयाँ कर घट्यो, मूल्य घटाउने जिम्मा वाणिज्य मन्त्रालयलाई

पेट्रोल र डिजेलमा लाग्दै आएको १० रुपैयाँ कर घट्यो, मूल्य घटाउने जिम्मा वाणिज्य मन्त्रालयलाई



काठमाडौं । अर्थमन्त्रालयले हालसम्म पेट्रोल र डिजेलमा लाग्दै आएको १० रुपैयाँ कर घटाएको पत्र वाणिज्य मन्त्रालयमा पठाएको छ । मंगलबार अर्थमन्त्रालयले यसअघिको मन्त्रिपरिषदको बैठकले सैद्धान्तिक सहमति गरेपछिको पूर्वाधार कर घटाएर पुनः वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको हो ।

यसअघि २०७६/७७ मा तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थमा १५ रुपैयाँ पूर्वाधार कर थपेका थिए । तर, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेपछि सरकारले बाध्य भएर यसको मूल्य घटाउनका लागि पूर्वाधार कर हटाउने निर्णय गरेको थियो ।

गत हप्ताको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयलाई पेट्रोलियम पदार्थमा लाग्दै आएको कुनै १० रुपैयाँ कर घटाउन सैद्धान्तिक सहमति दिएको थियो । सोही अनुसार अर्थमन्त्रालयलय पेट्रोल र डिजेलमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर कटाएर वाणिज्य मन्त्रालयलाई पत्र पठाएको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार अब पेट्रोल र डिजेलको उपभोक्ता मूल्य घटाउने वा नेपाल आयल निगमको घाटा कम गर्न कर छुट दिने भन्ने निर्णय गर्ने छ ।

नेपालमा हाल पेट्रोल प्रतिलिटर १८० रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL