Logo

जहाज दुर्घटनाको छानविन गर्न आयोग गठन, दुर्घटनाको कारण र बच्ने उपाएको सुझाव दिने

जहाज दुर्घटनाको छानविन गर्न आयोग गठन, दुर्घटनाको कारण र बच्ने उपाएको सुझाव दिने



काठमाडौं । आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्जिनियर, विज्ञलगायतको समुह बनाई आयोग गठन गरेको हो ।

जसमा वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

उक्त आयोगले दुर्घटनाको कारण पत्तँ लगाई भविष्यमा यस्ता दुर्घटना हुन नदिने के गर्न सकिन्छ भनेर सुझावसमेत दिनेछ ।

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा सवार २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्