काठमाडौँ । करिव २ महिनादेखि स्थगित सवारीचालक अनुमतिपत्र (लाइसेनस)को अनलाइन आवेदन सोमबार साँझ ६ बजेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको हो ।
विभागले सोमबार एक सुचना जारी गर्दै बेलुकी ६ बजेदेखि औपचारिक रुपमा नयाँ प्रणालीसहित लाइसेन्स अनलाइन आवेदन खुलाउने जानकारी दिएको हो ।
‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’ विभागको सूचनामा भनिएको छ ‘जसका लागि बउउथिमष्।मयतm।नयख।लउ मा लागईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ । यस्तै विभागले वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने जानकारी दिएको छ ।