काठमाडौं । सरकारले कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा आईतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष केन्द्रमा राखेर बजेट विनियोजन गरिएको छ ।
जसमा कृषि क्षेत्रको आधुनिकीकरण, कृषि उपजको निर्यातमा प्रोत्साहन, आयातमा कडाई, मल खरिदमा सहजीकरणलगायतका बिषयहरु समेटिएका छन् ।