Logo

बेपत्ता तारा एयरको विमान मुस्ताङको लेतेमा दूर्घटनाग्रस्त, चालकदलसहित २२ जना सवार

बेपत्ता तारा एयरको विमान मुस्ताङको लेतेमा दूर्घटनाग्रस्त, चालकदलसहित २२ जना सवार



काठमाडौं । तारा एयरको हराएको विमान मुस्ताङको लेतेमा दूर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ता जिल्ला प्रहरी स्रोतका अनुसार आज बिहान ९ : ५५ मा पोखराबाट जोमशोमका लागि उडेको उक्त जहाज दूर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

जहाजमा चालकदलका सदस्यसहित २२ यात्रु सवार थिए । तारा एयरको ९एन एईटी ट्विनअटर विमान विहान ९ : ५५ मा जोमशोमका लागि उडेको थियो । जसमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL