Logo

राष्ट्र बैंकको डेपुटी गभर्नरमा शिवाकोटी र श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा शिवाकोटी र श्रेष्ठ नियुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले लामो समयपछि डेपुटी गभर्नर पाएको छ । सरकारले राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ ।

बुधबार वसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र श्रेष्ठलाई डेपुटीमा नियुक्त गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको सिफारिसमा मन्त्रिपरिषदले उनीहरुलाई डेपुटीमा नियुक्त गरेको हो । गभर्नर डा. नेपालले गत साता १६ कार्यकारी निर्देशकबाट ४ जनाको नाम डेपुटीका लागि सिफारिस गरेका थिए ।

विगत २ महिना देखि नेपाल राष्ट्र बैंकमा डेपुटी पद खाली थियो । तत्कालिन डेपुटी गभर्नर द्वय महाप्रसाद अधिकारी र गोपालप्रसाद काफ्लेको पुस १० मा पदापधि सकिएसँगै उक्त पद खाली भएको थियो ।

डेपुटीमा नियुक्त शिवाकोटी एमाले निकट हुन् भने श्रेष्ठ काग्रेस निकट हुने । डेपुटी गभर्नर नियुक्त सरकारले ल्याएको आर्थिक पुर्नउद्धार कोष संचालनमा ढिलाई हुनुका साथै सरुवा, वढुवा, पदपुर्ति लगायतका काम रोखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL