Logo

कम्पनीमार्फत घरजग्गा कारोबार गर्ने व्यवस्था गरिँदै, घरजग्गाको मूल्य नियन्त्रण गरिने

कम्पनीमार्फत घरजग्गा कारोबार गर्ने व्यवस्था गरिँदै, घरजग्गाको मूल्य नियन्त्रण गरिने



काठमाडौं । सरकारले अब कुनै संस्थामार्फत मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब विशिष्टकृत संस्थाबाट मात्रै घरजग्गाको कारोबार गर्ने बताएकी हुन् ।

पछिल्लो समय घरजग्गाको कारोबार अनियन्त्रित भएको भन्दै सरोकारवालाहरुले कुनै कम्पनीमार्फत कारोबार हुने व्यवस्था मिलाए सरकारको कर उठौतिमा सहयोग हुने बताएका थिए । यस्तै नीति तथा कार्यक्रममा घरजग्गाको मूल्य वैज्ञानिक प्रविधिबाट निर्धारण गरिनेसमेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL