Logo

कोरोना महामारी अझै सकिएको छैन, डब्लूएचओ प्रमुखले भने-अनुसन्धान नहुनु भनेको आँखा बन्द गर्नु हो

कोरोना महामारी अझै सकिएको छैन, डब्लूएचओ प्रमुखले भने-अनुसन्धान नहुनु भनेको आँखा बन्द गर्नु हो



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयसले कोभिड महामारी समाप्त नभएको भन्दै गम्भीर चेतावनी दिएका छन् ।

जेनेभामा संगठनको वार्षिक बैठकको आइतबार उद्घाटन गर्दै, डब्ल्यूएचओ प्रमुख गेब्रेयसस उपस्थित अधिकारीहरूलाई भने, ‘परीक्षण र नमूनाहरूको अनुक्रमको अभावको अर्थ हामीले भाइरसको उपस्थितिमा आँखा चिम्लिरहेका छौं ।’

उनले कोरोना भाइरस संक्रमणको घटनामा कमी आएको बीच यस्तो चेतावनी दिदैं सरकारहरूलाई जोखिम रोक्न तय गरिएका मापदण्डहरु घटाएर आँखा चिम्लिएको बताए । उनले कम आय भएका देशहरूमा झन्डै एक अर्ब मानिसहरूले एन्टि–कोविड खोपको खुराक प्राप्त गर्न बाँकी रहेको उल्लेख गरे ।

विश्वव्यापी परिस्थितिमा आधारित हालैको साप्ताहिक प्रतिवेदनलाई ध्यानमा राख्दै गेब्रेयससले मार्चदेखि नयाँ सङ्क्रमणमा आएको केही साताको गिरावटपछि घटनामा स्थिरता देखिएको र मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको बताए ।

उनले अवस्थामा सुधार भई विश्वको ६० प्रतिशत जनसंख्याले खोप पाइसके पनि महामारी जताततै अन्त्य नभएसम्म सबै ठाउँमा अन्त्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL