Logo

मोवाइल नम्बर पोर्टाबिलीटी कार्यविधि तयार गर्न पाँच कम्पनी इच्छुक

मोवाइल नम्बर पोर्टाबिलीटी कार्यविधि तयार गर्न पाँच कम्पनी इच्छुक


रक्षा रेग्मी
0
Shares

काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार गर्नका लागि ५ कम्पनीले आवेदन दिएका छन् । अध्ययनका लागि ४ अन्तरराष्ट्रिय र १ राष्ट्रिय कम्पनीले आवेदन दिएको दूरसञ्चार प्रधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

आवेदन दिएका कम्पनीहरुमा भारतको योङ एलएलपी, कास ट्रेडिङ हाउस कन्सल्टेन्सि काठमाडौं, रोभिन कन्सल्टेन्सि विभि नेदरल्याण्डस्, निरोइ कन्सल्टिङ एसएल स्पेन र युकेको एशोसिएशन कम्युनिकेशन कन्सल्ट्यान्ट रहेका छन् ।

आवेदन परेका मध्येबाट एक कम्पनी छानी अध्ययन तथा कार्यविधि बनाउने जिम्मा दिइने उनले बताए । ‘हाल आवेदन परेका कम्पनीहरुको मूल्यांकन भइरहेको छ,’ उनले भने ‘अवको केही समयभित्र परामर्शदाता नियुक्त गर्ने छौं ।’ परामर्शदाता नियुक्त गरेको ६ महिनाभित्र गाइडलाइन तयार हुने बताइएको छ । ‘त्यसपछि कार्यान्वयनको चरणमा जान छलफल हुन्छ,’ उनले भने ।

गाइडलाइनमा नम्बर कसरी बनाउने, नेटवर्क कसरी गर्ने, सेवा प्रदायकको पूर्वाधार कस्तो हुनेलगायत विषय समावेश हुने झाले जानकारी दिए । एमएनपी लागु गरेपछी सेवाप्रदायकबीच सुविधा बढाउन प्रतिस्पर्धा हुने भएकोले त्यसको फाइदा उपभोक्ताले पाउने उनले बताए ।

प्राधिकरणले यसअघि एमएनपी लागु गर्न राष्ट्रिय कम्पनीका लागि छुट्टै आवेदन खुलाएको थियो । १ दर्जन भन्दा बढी कम्पनीको आवेदन परेकोमा कुनै पनि योग्य नभएकोले विदेशी कम्पनीका लागि पून आवेदन खुलाइएको दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द झाले बताए ।

प्राधिकरणले मोबाइल सेवा प्रदायक तथा सेवाग्राहीको संख्या बार्षिक रुपमा बढ्दै गएपछि उचित त्यसको व्यवस्थनपनका लागि नयाँ व्यवस्था गर्न लागिएको बताइएको छ । प्राधिकरणले शुरुमा जिएसएम सेवाका लागि एमएनपी लागू गराउने गृहकार्य थालेको हो । ‘पहिलो चरणमा जिएसएम र त्यसपछि अन्य सेवामा यो लागू गर्ने योजना रहेको छ ’ मिश्रले भने ।

के हो मोवाइल नम्वर पोर्टाविलीटी ?

मोवाइल पोर्टाविलीटीमा आफुले प्रयोग गरिरहेको कम्पनीको नेटवर्क मूल्य वा गुणस्तर कमजोर भएमा वा सो प्रदायकको सेवा मन नपरेको अवस्थामा उपभोक्ताले सोही नम्बरबाट अर्को कम्पनीको सेवा लिन पाउँछन् ।

त्यस्तै कुनै ठाउँमा आफुले सेवा लिएको दूरसञ्चार कम्पनीको सेवा उपलब्ध छैन भने पनि उपभोक्तालाई समस्या पर्दैन किनकि उनीहरुले आफ्नै मोबाइल नम्बरमा त्यहाँ उपलब्ध नेटवर्कमार्पmत सेवा लिन सक्नेछन् ।

नेपालमा मोवाइल पोर्टाविलिटीको चर्चा गत बर्षदेखि चर्चा चलेपनी विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन सकेको थिएन । मोवाइल सेवा प्रदायकहरुको ग्राहकको संख्या सन्तुलित नहुँदा एमएनपी सञ्चालनमा आउन नसकेको हो । हाल विश्वका ७५ भन्दा बढी मुलुकमा यो सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्