Logo

विश्वको सबैभन्दा पातलो र हलुका फाइभ जी स्मार्टफोन ‘मोटोरोला एज ३०’ बजारमा आउँदै, यस्ता छन् विशेषता

विश्वको सबैभन्दा पातलो र हलुका फाइभ जी स्मार्टफोन ‘मोटोरोला एज ३०’ बजारमा आउँदै, यस्ता छन् विशेषता



काठमाडौं । मोटोरोला एज ३० स्मार्टफोन मे १२ मा भारतमा लन्च हुँदैछ । तर, यसअघि नै यसको डिजाइन र फिचर्सका बारेमा बजारमा चर्चा सुरु भएको थियो । यो बजारको सबैभन्दा पातलो फाइभ जी स्मार्टफोन बन्न गइरहेको छ र यसको मोटाई १ सेन्टिमिटरभन्दा कम छ, जसका कारण यो हरेक उमेर समूहका युवाहरूमाझ चर्चाको विषय बनेको छ । कम्पनीले यो स्मार्टफोनको तौल र मोटाई कसरी घटा यो भन्नेमा धेरैले प्रश्न गरिरहेका छन् ।

यो फोनको सबैभन्दा ठूलो विशेषता यसको डिजाइन हो । यो स्मार्टफोन विश्वकै सबैभन्दा पातलो डिजाइनमा आउने कम्पनीको दाबी छ । यस्तो अवस्थामा मानिसहरूको मनमा प्रश्न उठ्छ कि यो कसरी भयो । कम्पनीले यो स्मार्टफोनको डिजाइनमा धेरै काम गरेपछि यो सम्भव भएको हो। कम्पनीले मोटोरोला एज ३० मात्र ६.७९ एमएम पातलो हुने र यसको तौल लगभग १५५ ग्राम हुने उल्लेख गरेको छ ।

यो स्मार्टफोन पातलो र कम तौलको हुनुमा ब्याट्रीका कारण सम्भव भएको हो । वास्तवमा कम्पनीले यस स्मार्टफोनको ब्याट्रीको साइज घटाएको छ र यसको साइज पनि परिवर्तन गरेको छ । आजकाल मिड रेन्ज स्मार्टफोनमा ५००० देखि ६००० एमएएच सम्मको ब्याट्री उपलब्ध गराइन्छ, कम्पनीले यस स्मार्टफोनको ब्याट्री परिवर्तन गरी ४०२० एमएएच बनाएको छ, त्यसपछि यसको डिजाइनलाई स्लिम गर्न मद्दत गरेको छ । यसमा ५० एमपी मुख्य क्यामेरा, ५० एमपी अल्ट्रा-वाइड एंगल क्यामेरा र २ एमपी डेप्थ सेन्सर समावेश छ।

यो स्र्माटफोनमा १४४ एचजेड रिफ्रेस रेटको साथ ५.६ इन्चको पिओएलइडी डिस्प्ले हुनेछ। यसमा अक्टाकोर क्वाललम स्न्यापड्रागन ७७८जी प्लस प्रोसेसर रहेको छ र ८ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेजको रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL