Logo

इन्भेष्टमेन्टकोे एफपिओमा साढे ३५ अर्ब रुपैयाँको आवेदन, एउटैले ४ करोडसम्म हाले

इन्भेष्टमेन्टकोे एफपिओमा साढे ३५ अर्ब रुपैयाँको आवेदन, एउटैले ४ करोडसम्म हाले


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपिओमा ३५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । बैंकले कुल ५ अर्ब रुपैयाँ ४० करोड रुपैयाँ बरावरको सेयर जारी गरेकोको सो रकम बरावरको आवेदन परेको सेयर निष्काशन तथा विक्री प्रबन्धक संस्था नागरिक लगानी कोषका प्रवक्ता सुशिल अर्यालले जानकारी दिए । यो रकम आवेदन माग गरिएको भन्दा साढे ७ गुणा बढी हुन आउँछ ।

अघिल्ला दिनमा कम मात्र आवेदन परेपनि अन्तिम दिन अर्थात शुक्रबार एकदमै बढी आवेदन परेको छ । ‘हिजोसम्म १४ अर्ब ६१ करोडको आवेदन परेको थियो,’ उनले भने, ‘आज एक दिनमा झण्डै झण्डै २१ अर्ब रुपैयाँ बरावरको आवेदन परेको छ ।

बैंकले ९० लाख ९६ हजार ८ सय ८८ कित्ता साधारण सेयर जारी गरेको थियो । १ सय रुपैयाँको साधारण सेयरमा प्रतिकित्ता ५ सय १ रुपैयाँ प्रिमियम थप गरी ६ सय १ रुपैयाँमा सेयर जारी गरेको थियो ।

एनआईबीको एफपिओमा एउटै व्यक्तिले ४ करोड रुपैयाँसम्मको आवदेन दिएका छन् । २ जना व्यक्तिले ४ करोड रुपैयाँको आवेदन दिएको अर्यालले जानकारी दिए । बैंकले न्युनतम १० देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन पाउने प्रावधान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL