Logo

सम्पत्ति शुद्धिकरण र संस्थापक सेयरको लफडा, एनआईबीको एफपीओमा लगानीकर्ता हच्किए

सम्पत्ति शुद्धिकरण र संस्थापक सेयरको लफडा, एनआईबीको एफपीओमा लगानीकर्ता हच्किए


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको एफपीओ थप जटिल बनेपछि उत्साहित बनेका लगानीकर्ताहरु निराश बन्न पुगेका छन । संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न नपाउने भएपछि पारदर्शीरुपमा खरिद अगाडि बढेन । घुमाउरो पाराले संस्थापकहरुले नै लगानी गर्ने तयारी भएपछि स्रोत खोल्नुपर्ने व्यवस्थाले थप जटिल बनाएको छ ।

रु १० लाख रुपैयाँभन्दा बढी रकम बराबरको सेयर आवदेनका लागि प्यानमा दर्ता अनिवार्य गरिएको छ । प्यान अनिवार्य भएपछि ठूलो रकम लगानी गर्नेहरुको प्यानमा दर्ता संख्या अहिले ह्वात्तै बढेको आन्तरिक राजस्व विभागले जनाएको छ । यसको प्रमुख प्रयोजन इन्भेष्टमेन्ट बैंकको एफपीओमा आवेदनका लागि नै हो । प्यानमा दर्ता भएपछि सम्पत्ति शुद्धिकरण विभागले स्रोत खोल्नुपर्ने भन्दै निगरानी थालेको छ । यो हल्ला चलेपछि ठूलो लगानी गर्ने आवेदकहरु अत्तालिएका छन ।

अपारदर्शी पैसा आवेदन हुन सक्ने र चलखेल हुन सक्ने भएकाले विभागले निगरानी थालेको विभाग स्रोतले जानकारी दिएको छ । बैंक वित्तीय संस्था र सहकारीहरु समेत गरी झण्डै रु ५५ अर्ब रकम बराबरको आवेदन पर्ने संभावना रहेको नागरिक लगानी कोषका एक अधिकारीले अनुमान गरेका छन । उनको भनाईमा संस्थापकले लिन नपाउने भनिएपछि धेरै इच्छुक लगानीकर्ताहरुले सेयर भर्न हिच्किचाएको अवस्था छ ।

प्यानमा दर्ता भएपछि स्रोत अनिवार्य हुने भएकोले आवेदनहरु अप्ठेरोमा पर्ने भएका छन । केही समय अघि जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर भर्दा २ करोड रुपैयाँ भन्दा आवेदन गर्नेको नाम सार्वजनिक गरेको र एनआईवीको एफपिओमा पनि नाम सार्वजनिक हुने भएकाले लगानीकर्ताहरु तर्सिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL