Logo

इन्टरनेट सेवा प्रदायकद्धारा ‘नेसनल आइसिटी डे’ बहिष्कारको घोषणा, देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी

इन्टरनेट सेवा प्रदायकद्धारा ‘नेसनल आइसिटी डे’ बहिष्कारको घोषणा, देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी



काठमाडौं । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस (नेसनल आइसिटी डे) बहिष्कार गर्ने निर्णय गरेका छन्। बैशाख १४ गते बसेको कार्यसमितिको बैठकले उक्त दिवस बहिष्कार गर्ने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ।

यस वर्षको सूचना तथा संचार प्रविधि दिवससंग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय भएको संघका अध्यक्ष तथा सुबिसु केबल नेटका अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससंग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौूँ उनले भने, ‘यस वर्षको यस दिवसलाई हामीले सकारात्मक रुपमा लिएका छैनौँ किनभने विगत देखी हालसम्मका कुनैपनि सरकारले सूचना र संचार प्रविधिको लागी आवश्यक वातावरण नबनाई, इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा, कार्यक्रमको नाममा देखावटी कामहरु मात्रै गर्दैछ।’

प्रतिक्रिया दिनुहोस्
MBL