Logo

प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग पेट्रोलियम आयात सम्झौता

प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग पेट्रोलियम आयात सम्झौता


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । प्रधामन्त्री केपी ओलीको भ्रमणमा चीनसँग पेट्रोलियम आयातको लागि सम्झौता हुने भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा पेट्रोलियम आयातका लागि दुई देशबीच व्यापारिक सम्झौता हुने नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले बिजखबरलाई बताए ।

खड्काका अनुसार चीनसँग पेट्रोलियम आयातका लागि नेपालको तर्फबाट सम्पूर्ण तयारी भइसकेको छ । चीनले पेट्रोलियम निर्यातका लगाउँदै आएको कर हटाउने विषयमा टुङ्गो लाग्न बाँकी रहेको छ । हाल चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो चाइना)ले पेट्रोल निर्यातमा लगाउँदै आएको कर छुटका विषयमा सम्बन्धित निकायसँग छलफल गरिरहेको समेत उनले जानकारी दिए । ‘कर छुटका लागि पेट्रो चाइनालाई सरकारले नै सहमति दिन पर्ने भएकाले सोका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएको छ,’ उनले भने, ‘सो विषयमा केही समयभित्रै छुङ्गो लाग्ने जानकारी आएको छ ।’

प्रधानमन्त्री ओलीले केही समयअधि मात्रै भारत भ्रमणबाट फर्केको १ महिना भित्रै चीन भ्रमणमा जाने घोषणा गरिसकेका छन् । उक्त भ्रमणको समयमा पेट्रोलियम आयातको सम्झौता भएमा भारतसँगको निर्भरता हट्ने छ । चीनसँग झण्डै ३ महिना अघि पेट्रोल आयातको लागि व्यापारिक सम्झौता हुने भनिएपनि चीनले कर हटाएसम्म महङ्गो पर्ने भएकाले हालसम्म हुन सकेको छैन । पेट्रोल आयातका लागि व्यापारिक सम्झौता गर्ने विषयमा नेपाल आयाल निगमले अध्ययन भ्रमण गरेर फर्किसकेको छ ।

भारतले नाकाबन्दी गरेको भन्दै  नेपालले चीनसँग दीर्घकालीन रूपमै पेट्रोलियम पदार्थ ल्याउने समझदारी गरिसकेको छ । त्यतिबेला चीनबाट पेट्रोल, डिजेल तथा अन्य इन्धन आयातका लागि नेपालका तर्फबाट नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो चाइना)का भाइस–प्रेसिडेण्ट झाङ टोङबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए ।

भारतले नाकाबन्दी लगाएसँगै नेपालले चीनबाट अनुदानको पेट्रोल ल्याएको थियो । तर, व्यवसायीक रुपमा आयातका लागि भने सम्झौता हुन सकेको छैन । भारतबाट यूरो–३ मापदण्डको पेट्रोल आयात हुने गरकोमा त्यतिवेला चीनबाट यूरो–४ मापदण्डको पेट्रोल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्