Logo

‘इम्पेरियल वर्ल्ड स्कुल’ जहाँ किताबसँगै जीवन पढाइन्छ, सेफ्टी र सेक्युरिटी फर्स्ट

‘इम्पेरियल वर्ल्ड स्कुल’ जहाँ किताबसँगै जीवन पढाइन्छ, सेफ्टी र सेक्युरिटी फर्स्ट



काठमाडौं । हिजोआज बालबालिका घरमा भन्दा विद्यालयमा बढी समय बिताउँछन् । यस्तोमा हरेक अभिभावकको चाहना हुन्छ कि आफ्ना छोराछोरी विद्यालयमा पठाएपछि ढुक्क हुन सकियोस । आफ्ना सन्तानको पढाई लेखाई, स्वास्थ्य, सुरक्षा र व्यक्तित्व विकास सबैको ग्यारेन्टी होस । पछिल्लो समय हरेक अभिभावकलाई यी विषयमा बढी नै चिन्ता देखिन्छ ।

हुन पनि हरेक आमाबाबु आफ्नो सन्तानको समग्र भविष्यप्रति सधैं चिन्तित रहन्छन । अभिभावकको यस्तै चिन्ता र चासोलाई सम्बोधन गर्ने काम केही वर्षयता ‘इम्पेरियल वर्ल्ड स्कुल’ ले गर्दै आएको छ । काठमाडौंको हात्तीगौडामा रहेको विद्यालयले आफ्नो विद्यालयमा अध्ययन गर्ने हरेक विधार्थीको समग्र विकासमा विशेष ध्यान पुर्याउने भएकाले अभिभावक ढुक्क बन्न सक्छन् । किनकि यो विद्यालयमा यसलाई पुष्टि गर्ने आधारहरु छन् ।

इम्पेरियल वर्ल्ड स्कुल

काठमाडौंको कोलाहालभित्र एउटा सुन्दर कोलाजजस्तो छ विद्यालय । जहाँ मुलगेटबाट प्रवेश गरेसँगै काठमाडौंको कोलाहल, प्रदूषण र अत्यासलाग्दो वातावरण सबै भुल्छन विद्यार्थीहरु । फराकिलो चौघेरामा सुन्दर आर्किटेक्टले हरेकको मन लोभ्याउँछ । विद्यालयको एम्बियन्सले नै विद्यार्थीलाई आकर्षण गर्छ । यहीँ खेलिरहुँ, यहीँ पढिरहुँ, यहीँ बसिरहुँ जस्तो भावना पैदा गर्छ विद्यालयको वातावरणले । विद्यालयको मनै प्रसन्न बनाउने यहीँ वातावरणले नै विधार्थीलाई थप सिक्न, बुझ्न र रमाउन पे्ररित गर्छ ।

विद्यालयका अध्यक्ष कुमार कार्की ‘इम्पेरियल वर्ल्ड स्कुल’ लाई समग्र शिक्षा केन्द्रका रुपमा व्याख्या गर्छन । कार्कीको भाषामा भन्ने हो भने यो विद्यालय एउटा यस्तोे शैक्षिक केन्द्रका रुपमा अगाढि बढाइएको छ कि यहाँ अध्ययन गर्ने हरेक विधार्थी जुनसुकै क्षेत्रमा विश्वव्यापी रूपमा प्रतिनिधित्व गर्न र स्थापित हुन सक्छन् । एक दशक बढी लामो इतिहास बनाएको विद्यालयमा अध्ययन सकेका विद्यार्थीहरुले स्वदेशदेखि विदेशसम्म आफुलाई अब्बल प्रमाणित गरेको कार्की बताउँछन् । बुढानीलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वल्र्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाई हुने गरेको छ ।

‘इम्पेरियल वर्ल्ड स्कुल’ किन रोज्ने ?

अभिभावकका लागि सयौं विद्यालयका बीचमा कुन विद्यालय छान्ने भन्ने सधै दुविधा रहन्छ । यसको लागि विकल्प बनेको छ ‘इम्पेरियल वर्ल्ड स्कुल’ । किनकी यो विद्यालयले अभिभावकले आफ्ना बालबालिकाका लागि खोजेको सबै खोजीको विकल्प दिन्छ । विद्यालयका अध्यक्ष कार्की इम्पेरियलले अभिभावक र विधार्थीको चाहनालाई राम्ररी अध्ययन गरेर सोहीअनुरुप विद्यालय सञ्चालन गरिएको बताउँछन् ।

विशेषता

अध्ययन-अध्यापन

आफ्ना सन्तानका लागि विद्यालय छनौट गर्ने समयमा हरेक अभिभावकको सबैभन्दा पहिलो जिज्ञासा नै विद्यालयमा कस्तो पढाई हुन्छ ? शिक्षकहरु कस्तो हुनुहन्छ भन्ने हुन्छ । ‘इम्पेरियल वर्ल्ड स्कुल’ यी प्रश्नको सबैभन्दा उपयुक्त जवाफ हुन सक्छ । किनभने यो विद्यालयले विधार्थीका लागि विश्व परिवेशअनुसारको सबैभन्दा आधुनिक प्रणालीको शैक्षिक विधि अवलम्बन गरेको छ । विद्यालयले ब्रिटिस पाठ्यक्रम अन्तर्गतको कक्षा १ देखि कक्षा ६ सम्म (५ वर्ष देखि ११ वर्ष) इन्टरनेशनल प्राइमेरी पाठ्यक्रम (आईपीसी) र कक्षा ७ देखि कक्षा १० सम्म (१२ वर्ष देखि १४ वर्ष) इन्टरनेशनल मिडल एयर पाठ्यक्रमलाई (आईएमवाईसी) नेपालको राष्ट्रिय पाठ्यक्रमसँग मिलाएर पठनपाठन गराईरहेका छ ।

विद्यालयले नेपालको राष्ट्रिय पाठ्यक्रमलाई प्राथमिकता दिदैँ आईपीसी र आईएमवाइसीलाई मिलाएर इङगेजिङ लर्निङको व्यवस्था गरेको छ । यसले बालबालिकाहरुलाई प्रयोगात्मक सिकाईमा केन्द्रित गरेको छ । आईपीसी पाठ्यक्रमअन्तर्गत विषयगत कुराहरुलाई रचनात्मक तरीकाले स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्ने गरि राम्रोसँग विद्यार्थीलाई सिकाईन्छ । जसले गर्दा बालबालिकाहरुलाई जिज्ञासु बनाईराख्छ । आईएमवाईसी पाठ्यक्रमले एकदमै धेरै चुनौती लिएर फरक–फरक विषय वा कुनै पनि नयाँ कुरा सिक्न, खोज्न र त्यसबारेमा बुझ्न सिकाउँछ । यसले विद्यार्थीको समग्र व्यक्तित्व अन्तराष्ट्रियस्तरमा विकास गर्दै व्यक्तिगत शिक्षालाई प्रत्सोहान गर्दछ ।

विद्यालयमा यी दुईवटा इन्टरनेशनल पाठ्यक्रमलाई नेपालको राष्ट्रिय पाठ्यक्रमसँग मिलाएर पढाउने गरिन्छ । यसरी पढाउँदा विद्यार्थीले देशभित्रका कुरा सिक्नुका साथै उनीहरूको पढाइ संसारभर जुनसुकै देशमा पनि उपयोगी होस् भन्ने अवधारणा राखिएको छ । विधार्थीलाई ‘थिम बेस’मा अध्यापन गराइने भएकाले हरेक विधार्थी सोका लागि एक्टिभ र इन्भल्भ हुनैपर्छ । यसले हरेक विधार्थीलाई आफु सक्षम बन्न र सहभागितामुलक कार्यमा समेत अब्बल बनाउँछ । विधार्थीलाई हरेक थिममा इन्ट्री टु एक्जिटसम्म सहभागी गराएर अध्यापन गरिन्छ ।

विद्यालयले धेरै भन्दा धेरै विद्यार्थीहरु जम्मा गरेर पढाउने भन्दा पनि अन्तराष्ट्रियस्तरको गुणस्तरीय शिक्षामा विशेष ध्यान केन्द्रित गरेको छ । प्रत्येक कक्षामा ३० जना मात्र विद्यार्थी राखेर प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रुपमा ध्यान दिँदै पढाउने हुनाले हरेक विधार्थीले राम्ररी सिक्ने र बुझ्ने अवसर पाउँछन् । विद्यालयका अध्यक्ष कार्कीका अनुसार विद्यार्थीको अभिरुचि थाहा पाएर त्यहीँ अनुरुप पढाइन्छ भने विद्यार्थीलाई पढ्न गाह्रो हुने बित्तिकै शिक्षकहरुले उनीहरुलाई व्यक्तिगत रुपमा समय दिएर सहयोग गर्ने, उसको मनोविज्ञान कस्तो छ ख्याल गर्ने, उसको व्यवहार र स्वभाव जस्ता कुराहरु हेरेर कस्तो खालको एप्रोच प्रयोग गरेको खण्डमा उसले राम्रोसँग सिक्न सक्छ भन्ने पत्ता लगाएर त्यहीअनुसार पढाउने गरिन्छ । विधार्थीका साथै अभिभावकलाई समेत आवश्यक काउन्सलिङ गरेर विधार्थीका लागि उपयुक्त वातावरण श्रृजना गर्ने कामसमेत विद्यालयले गर्ने गरेको छ । विद्यालयले विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु सम्बन्धित विषयमा अब्बलका साथै विधार्थीलाई फ्यासिलेटरको भूमिका निर्वाह गर्न सक्ने क्षमता भएकाहरु छनौट गर्ने गरेको छ । अहिले विद्यालयमा नेपालका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका शिक्षकहरु रहेका छन् भने समय–समयमा बिदेशबाट समेत अध्यापनका लागि शिक्षकहरु आउने गरेका छन् । ‘हामीले शिक्षक छनौटमा हार्डस्किलका साथै सफ्ट स्किल, कन्टेन्ट, प्यासन, सब्जेक्ट स्पस्लाइजेन र एजुकेसन स्पेस्लाइजलाई प्राथमिकता दिएका छौं ।’ कार्की भन्छन । यस्तै विद्यालयले विदेशी ट्रेनरहरु ल्याएर शिक्षकहरुलाई विभिन्न तालिम पनि दिने गरेको छ ।

कक्षाकोठा

विद्यालयले सिकाईलाई प्रभावकारी बनाउन सो अनुसार नै क्लासरुमहरुको व्यवस्था गरेको छ । यसका लागि विद्यालयमा सिनियर र जुनिय ब्लक छुट्टाछुटै रहेका छन् । साना बालबालिकाका लागि विशेष हेरचाह गर्नुपर्ने भएकाले छुट्टै जुनिएर ब्लकको व्यवस्था गरिएको छ भने क्लासरुममा पनि सोही अनुसार सहज वातावरण बनाइएको छ । हरेक कक्षाकोठामा सिसिटीभिबाट विधार्थीको गतिविधी अवलोकन गरिने भएकाले पनि विधार्थीलाई अनुशाशित बनाएको छ ।

ल्याब

‘इम्पेरियल वर्ल्ड स्कुल’ को मुख्य विशेषता नै आवश्यकता अनुसार व्यवस्था गरिएको पूर्वाधार हो भन्न सकिन्छ । विधार्थीका लागि आवश्यक हरेक पूर्वाधारहरु यहाँ तयार पारिएको छ । विधार्थीको सिकाईलाई प्रभावकारी बनाउन साइन्स, कम्प्युटर, म्याथको लागि फराकिला ल्याबहरुको व्यवस्था गरिएको छ । जहाँ पर्याप्त सुविधासहित आवश्यक सामग्रीको व्यवस्था गरिएको छ ।

अतिरिक्त क्रियाकलाप

‘इम्पेरियल वर्ल्ड स्कुल’ले आफ्नो विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई सबै क्षेत्रमा अब्बल बनाउन अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको छ । यसका लागि विद्यालयमा छुट्टै डान्स रुम, म्यूजिक रुमजस्ता पूर्वाधारको व्यवस्था गरिएको छ । विद्यार्थीको चाहनाअनुसार उसलाई अगाडि बढाउन विद्यालयले सोअनुसारको व्यवस्था गर्छ । प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, तरकारी फार्मजस्ता संरचना तयार गरिँदै छ । अहिले विद्यालय हप्तामै वर्कशप तयार हुँदैछ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको छ भने नृत्य तथा संगीतलाई पनि विशेष महत्वका साथ सिकाइने गरिएको छ ।

सेफ्टी एण्ड सेक्युरिटी

विद्यालयले पछिल्लो समय सबै अभिभावको मुख्य चासोको रुपमा लिएको सेफ्टी एण्ड सेक्युरिटीमा विशेष ध्यान पुर्याएको छ । विद्यालयको मुल गेटदेखि कक्षाकोठा, स्पोटर्स ग्राउण्ड, चिल्ड्रेन जोनसम्म सेफ्टी एण्ड सेक्युरिटीका हरेक पक्षमा ध्यान पुर्याएको छ । यसका लागि विद्यालयका हरेक क्षेत्रमा क्लोज सर्किट क्यामराको व्यवस्था गरिएको छ । जसलाई सर्भर रुमबाट हरेक क्षण मनिटरिङ गर्ने व्यवस्था गरिएको छ । क्लासरुमसम्म हरेक विधार्थीका गतिविधि मनिटरिङ गर्ने र सोअनुरुप आवश्यक काउन्सलिङ गर्ने गरिन्छ ।

अर्कोतर्फ विद्यालयमा पर्याप्त सेक्युरिटी गार्डको व्यवस्था छ । साना विधार्थीहरुका लागि क्लासरुमदेखि चिल्ड्रेन जोनसम्म विशेष ख्याल गरिन्छ । सेफ्टी एण्ड सेक्युरिटीका लागि विद्यालयले आफ्नो भवन निर्माणदेखि नै विशेष ध्यान पुर्याएको छ । भूकम्पजस्ता विपतमा समेत विद्यार्थीको सुरक्षाका लागि विद्यालयको भवन पूर्णत भूकम्प प्रतिरोधी बनाइएको छ । यसका लागि विद्यालयका भवनहरु एकतलामात्र बनाइएको छ । विद्यार्थीलाई विद्यालय ल्याउनदेखि, स्कुलमा रहँदासम्म र घर पुर्याउँदासम्म पनि विशेष ध्यान पुर्याउने भएकाले विद्यालयमा आफ्ना बालबालिका सुरक्षित रहेका हरेक अभिभावकले महसुस गर्न सक्छन् ।

फुड

पछिल्लो समय विद्यालयमा फुड अर्थात खानाको विषय पनि सबै चासो र चिन्ताको विषय रहँदै आएको छ । यसमा इम्पेरियल वर्ल्ड स्कुलले अभिभावकको चासो र विधार्थीको चाहनालाई सम्बोधन गर्ने गरि विशेष व्यवस्था गरेको छ । विद्यालयभित्र रहेको फराकिलो डाइनिङमा विधार्थीले रमाउँदै खाना खाजा सक्छन् । खानाको क्वालिटी र हाइजिन मेन्टेन गर्नका लागि डाइटिसियनले मेनु तयार गर्ने गर्छन । ओपन किचेनमा खाना खाजा कसरी बन्छ भनेर अभिभावक तथा विधार्थीले सहजै अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । विधार्थीको स्वास्थ्यलाई विशेष ध्यानमा राखिने भएकाले कुनै पनि विषयमा सम्झौता नगरेको कार्की बताउँछन् ।

स्पोर्टस एण्ड चिल्ड्रेन जोन

विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिसलगायतका खेल पूर्वाधारहरु तयार गरिएको छ भने नृत्य तथा संगीतका लागि छुट्टै कोठाको व्यवस्था छ । यस्तै साना बालबालिकाका लागि विधालयको खुला चौरमा विभिन्न खेल सामग्रीसहित चिल्ड्रेन जोनको व्यवस्था गरिएको छ ।

भर्ना कसरी पाइन्छ

‘इम्पेरियल वर्ल्ड स्कुल’ले हजारौं विधार्थीका लागि पूर्वाधार भएपनि सीमित संख्यामा विधार्र्थी भर्ना लिदैं आएको छ । विद्यालयमा भर्नाका लागि विद्यालयले विधार्थीको टेष्ट लिन्छ भने अभिभावकसँग परामर्श पनि गर्छ । विद्यालयले आफ्ना बालबालिका भर्ना गर्न चाहने अभिभावकले विद्यालयमै पुगेर विद्यालयको वातावरण अध्ययन गरेर र आफ्ना बालबालिकाबारे विद्यालयमा रहेका काउन्सिलरसँग परामर्श गरेर भर्ना गर्ने व्यवस्था पनि मिलाएको छ ।

अन्तरवार्ता

नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षाका लागि इम्पेरियल वर्ल्ड स्कूल सबैभन्दा उपयुक्त स्थान हो

जुनिता शाही कार्की
निर्देशक
इम्पेरियल वर्ल्ड स्कुल

आफ्नो बच्चाका लागि अभिभावकले इम्पेरियल वर्ल्ड स्कूल नै किन छान्ने ?

कुनै पनि अभिभावका लागि आफ्नो सन्तान उत्कृष्ट होस भन्ने चाहना हुन्छ । यसका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण आधारका रुपमा रहेको छ । त्यसैले हरेक अभिभावकको मनमा आफ्ना बालबच्चालाई कहाँ पढाउने ? कस्तो माहोल भएको विद्यालयमा पढाउने भन्ने दुविधा रहन्छ । अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वल्र्ड स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरको पठनपाठन गर्दै आएको छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वल्र्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराईरहेको छ । जसले हरेक अभिभावकको चासो र चिन्तालाई सम्बोधन गर्न सक्छ । यसैले इम्पेरियल वर्ल्ड स्कूल उपयुक्त गन्तब्य हो भन्न सकिन्छ ।

अन्तर्राष्ट्रियस्तरको पठनपाठन भन्नाले बिदेशकै विद्यालयको जस्तो हो कि ?

हाम्रो विद्यलायले विभिन्न अन्तराष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको छ । स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तरराष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । विद्यालयमा विधार्थीका लागि ‘आईपीसी’ (इन्टरनेसनल प्राइमरी करिकुलम) र ‘आईएमवाईसी’ (इन्टरनेसनल मिडल इयर्स करिकुलम) गरी दुईवटा पाठ्यक्रम उपलब्ध छन् । हरेक देशमा भएको राष्ट्रिय पाठ्यक्रमसँग फिटिङ गर्ने पाठ्यक्रम भएकाले यो लागू गरेका हौँ । इम्पेरियल वल्र्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको हो । विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ ।

विद्यालयमा थप विशेषताहरु के छन् ?

उत्कृष्ट शिक्षण वातावरण, भव्य तथा परिष्कृत पूर्वाधार तथा योग्य मानव शक्तिबाट पठनपाठन गराइने यस स्कुलले बालबालिकालाई सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक शिक्षा पनि प्रदान गरिरहेको छ । जीवनयापनका क्रममा आवश्यक पर्ने कलाको विकासका लागि स्कुलले विभिन्न कार्यक्रमहरु तयार गरेको छ । स्कुलले शैक्षिक पाठ्यक्रममात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको छ । इम्पेरियलको भवन संरचना एक तले छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री छन । अपाङ्गता भएका विद्यार्थीलाई छुट्टै शौचालयको व्यवस्था पनि छ । अत्याधुनिक प्रविधिले सम्पन्नस्कुलमा कम्प्युटर ल्याव, साइन्स ल्याव, म्याथ ल्याबको राम्रो व्यवस्था छ ।

अन्य विद्यालयभन्दा कसरी फरक छ इम्पेरियल वर्ल्ड स्कुल ?

हाम्रो विद्यालय अन्य विद्यालयभन्दा धेरै अर्थमा फरक छ । पाठयक्रम, सुरक्षा, सुविधाका हिसाबले नै हामी धेरै फरक छौं । विद्यार्थीका अन्तरनिहित प्रतिभाको उजागर गर्न इम्पेरियल वल्र्ड स्कुलले नृत्य कक्षा, विद्यार्थीको खुवाइ प्रवृत्तिलाई थप सुसज्जित बनाउन डाइनिङ एटिक्युट कक्षा पनि सञ्चालन गरिरहेको छ । स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सृजना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको छ ।

यस स्कुलमा १० हजार भन्दा धेरै पुस्तक सङ्ग्रहीत पुस्तकालय, पोषणविदद्धारा प्रमाणिकरण गरिएका खाजा खानाको व्यवस्था गरिएकोे छ । विद्यालयमा क्यान्टिन, नर्स, काउन्सिलरको व्यवस्थाले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको छ । प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, तरकारी फार्मजस्ता संरचना तयार गरिँदै छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको छ भने नृत्य तथा संगीतलाई पनि विशेष महत्वका साथ सिकाइने गरिएको छ । साथै स्कुलले यहि वैशाख १० गते शनिबार ओपन हाउस सेसन संचालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्