Logo

नबिल बैंकले नौ महिनामा कमायो ३ अर्ब ३५ करोड, वितरणयोग्य मुनाफा कति ?

नबिल बैंकले नौ महिनामा कमायो ३ अर्ब ३५ करोड, वितरणयोग्य मुनाफा कति ?



काठमाडौं । नबिल बैंकले नौ महिनामा ३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, चालू आर्थिक वर्षको चैत मसान्तसम्म नबिल बैंकको नाफा करिब ९ प्रतिशतले कमी आएको छ । गत आवको चैत मसान्तको तुलनामा चालू आवमा उक्त बैंकको नाफामा कमी आएको हो ।

गत आवको तेस्रो चैमाससम्ममा यो बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवको सोही अवधिमा ८ दशमलव ९१ प्रतिशत घटेर ३ अर्ब ३५ करोड २० लाखमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।

त्यस्तै कम्पनीको वितरण योग्य मुनाफामा पनि कमी आएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ८० करोड २४ लाख रूपैयाँ वितरण योग्य मुनाफा भएकोमा चालू आवको सोही अवधिमा यो बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ घटेर २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै जगेडा कोषको रकम पनि घटेको छ । यो बैंकले गत आवको त्रैमाससम्म १५ अर्ब ६९ करोड १९ लाख जगेडा कोषमा रकम राखेको थियो भने चालू आवको सोही अवधिमा घटेको छ । उक्त रकम घटेर चालू आवको सोही अवधिमा १४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको खराब कर्जा पनि बढेको छ । खराब कर्जा गत आवको तेस्रो मसान्तसम्म शून्य दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवको सोही आवमा बढेर १ दशमलव १४ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्