Logo

प्रभु ग्रूपले किन्यो ग्रोमोर मर्चेन्ट बैंकर

प्रभु ग्रूपले किन्यो ग्रोमोर मर्चेन्ट बैंकर


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । प्रभु ग्रूपले ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेड खरिद गरेको छ । दरबारमार्गमा कार्यालय रहेको ग्रोमोर मर्चेन्ट बैंकरको ४० प्रतिशत सेयर स्वामित्व आफुहरुले खरिद गरेको प्रभु ग्रूपका अध्यक्ष देवीप्रकाश भट्टचनले बिजखबरलाई बताए । ‘प्रभु ग्रूपले भर्खरै मात्र ग्रोमरको ४० प्रतिशत सेयर किनेको छ,’ उनले भने, ‘योसँगै अव प्रभु ग्रूपले पनि मर्चेन्ट बैंकिङ सम्बन्धी कारोवार गर्ने छ ।’

ग्रोमोर खरिदसँगै प्रभु ग्रूपले विक्री प्रवन्धक, कुनै कम्पनीको सेयर जारीलगायतका काम गर्न सक्ने छ । यससँगै ग्रोमोरको सम्पूर्ण व्यवस्थापन पक्ष प्रभु ग्रूपले नै सम्हाल्ने भट्टचनले जानकारी दिए । ग्रोमोर खरिदसँगै प्रभु ग्रूपले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण क्षेत्रमा हात हालेको छ । प्रभु ग्रूपले यसअघि बैंक, रेमिट्यान्स, इन्स्योरेन्सलगायतका बैंक तथा वित्तीय संस्था संचालन गर्दै आएको छ ।

यता ग्रोमोर मर्चेन्ट बैंकरका अध्यक्ष झपट बोहोराले पनि उक्त संस्था आफुहरुले प्रभु ग्रूपलाई जिम्मा लगाएको बताएका छन् । बोहोराले ग्रोमोरलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने बोर्ड सदस्यदेखि कर्मचारीहरु सवैमा धन्वाद दिएका छन् । ग्रोमोर विक्रीसँगै आफ्नो इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रको दोस्रो अध्याय नै समाप्त भएको बोहोराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL