Logo

व्यवसायीद्वारा पेट्रोलियम पदार्थको ढुवानी र विक्रीवितरण बन्द, बजारमा अभाव हुनसक्ने

व्यवसायीद्वारा पेट्रोलियम पदार्थको ढुवानी र विक्रीवितरण बन्द, बजारमा अभाव हुनसक्ने



काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले आफ्ना माग पुरा नभएको भन्दै ढुवानी नै बन्द गरिदिएका छन् । पछिल्लो समय बढ्दै गएको पेट्रोलियमको मूल्यका कारण ढुवानी खर्च बढेको भन्दै कमिशन बढाउन नेपाल आयल निगमसमक्ष व्यवसायीहरुले माग राख्दै आएका थिए । सोही मागहरु पुरा नहुँदा व्यवासायीहरुले पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँसलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छोडेका छन् ।

यसरी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरिदिँदा ईन्धनको अभाव हुने र सरकार स्वयं भाडा र कमिसन बढाउन बाध्य हुने व्यवसायीको अनुमान छ । सोही अनुसार शुक्रबार बिहानैदेखि व्यवसायीले विभिनन डिपोहरुबाट पेट्रोलियम उठाउन छोडिसकेको नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुस मल्लीले बताए । यसरी पेट्रोलियम ढुवानी रोकिँदा पेट्रोलियमको अभाव हुन सक्ने देखिन्छ ।

यस्तै यता पेट्रोलियम खरिद तथा विक्रेता डिलरहरुलेसमेत सम्पुर्ण कारोबार बन्द गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL