Logo

चैत १९ गते जयनगर-जनकपुर रेल सेवाको उद्घाटन गरिँदै, दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

चैत १९ गते जयनगर-जनकपुर रेल सेवाको उद्घाटन गरिँदै, दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने



काठमाडौं । आगामी १९ चैतमा जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीले उक्त सेलसेवाको उद्घाटन् गर्ने भएका हुन् । आगामी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् ।

सोही अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्त रुपमा भर्चुअल माध्यममार्फत रेलसेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नतिका लागि भारतले रेल सेवा बन्द गरेको थियो ।

गत ८ गते सरकारले रेल चलाउने गरी तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो । ३ दिने भ्रमणका लागि भारत जान लागेका सेरबहादुर देउवाले भारतीय परराष्ट्र मन्त्री, प्रधानमन्त्रीलगायतले भेट्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL