Logo

विश्व बैंकले दियो सवा १८ अर्ब सहुलियत ऋण, वित्तीय क्षेत्रलाई थप बलियो बनाउन सहयोग

विश्व बैंकले दियो सवा १८ अर्ब सहुलियत ऋण, वित्तीय क्षेत्रलाई थप बलियो बनाउन सहयोग



काठमाडौं । विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ । नेपालको वित्तीय क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्दै वित्तीय क्षेत्रलाई थप समावेशी एवं बलियो बनाउनका लागि विश्व बैंकले उक्त सहुलियत ऋण प्रदान गरेको हो ।

विश्व बैंकले ‘फाइनान्स फर ग्रोथ’ नामक विकास योजना अन्तर्गत बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर प्रदान गरेको हो । जसबाट नेपालको वित्तीय क्षेत्रको स्थायीत्व सुदृढ गर्न, वित्तीय समस्याका समाधानहरुमा विविधता ल्याउन र वित्तीय सेवा–सुविधाहरुमा सहजताका गरी पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सो योजनाले वित्तीय क्षेत्र सुदृढ गरी, समावेशीता बढाइ गरिबीको रेखामा रहेका तथा उत्पीडनमा परेका मानिसहरुसम्म वित्तीय पहुँच पुर्याइ, नेपालको वित्तीय स्वस्थ र बलियो बनाउने विश्व बैंकका माल्दीभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद–र्जभोसले जानकारी दिएका छन् । साथै सो आयोजनाले नेपालको बैंकिङ क्षेत्रको सुपरीवेक्षण गरी कोभिड–१९ संक्रमणका कारण उत्पन्न बैंकिङ समस्याहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बारेमा काम गर्ने छ ।

परियोजनाले नेपाल सरकारले अघि सारेको वित्तीय क्षेत्र सुधार तथा रुपान्तरणको एजेन्डालाई समर्थन गर्दै जलवायु सम्बन्धी जोखिमहरू विरुद्ध वित्तीय क्षेत्रलाई लचिलो बनाई वित्तिय क्षेत्रमा थप स्थिरता कायम गर्ने परियोजनाका लागि विश्व बैंक टास्क समूह प्रमुख पिटर मौस्लीले बताए । यस योजनाले वित्तिय क्षेत्रलाई कम बैंक केन्द्रित बनाउन, निजी लगानीलाई परिचालन गर्न र थप समावेशी वित्तीय क्षेत्रको जग बलियो बनाउने सहयोग गर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL