Logo

सुजुकीले भारतमा विद्युतीय सवारी र ब्याट्री उत्पादन गर्ने, डेढ खर्ब बढी लगानीको घोषणा

सुजुकीले भारतमा विद्युतीय सवारी र ब्याट्री उत्पादन गर्ने, डेढ खर्ब बढी लगानीको घोषणा



काठमाडौं । जापानको अग्रणी सवारी उत्पादक कम्पनी सुजुकी मोटर कर्पोरेशनले भारतमा विद्युतीय सवारी उत्पादनमा ठूलो लगानी गर्ने भएको छ ।

कम्पनीले सुजुकी इन्डिया इन्भेस्टमेन्ट अन्तरगत १ अर्ब २६ करोड डलर ( करीब डेढ खर्ब रुपैयाँ) लगानी गर्ने योजना बनाएको हो । यही लगानीबाट भारतमा विद्युतीय सवारी साधन र ब्याट्री उत्पादन गर्ने कारखाना स्थापना हुनेछ ।

जापानको दैनिक पत्रिका ‘निक्केई’ ले यसबारेमा समाचार छापेको छ । समाचारका अनुसार गुजरातमा सुजुकीको अटोमोबाइल उत्पादन इकाई नजिकै ब्याट्री युनिट स्थापना गर्ने प्रस्ताव छ।

यस नयाँ इकाईमा कुल लगानी लगभग १५० बिलियन येन (१.२६ बिलियन डलर) हुने अनुमान गरिएको छ। यसका साथै भारतमा विद्युतीय सवारी साधनलाई पनि प्रवर्द्धन गरिनेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी फुमियो किशिदाबीचको शिखर वार्ताका क्रममा घोषणा गरिएको जापानबाट भएको कुल लगानीमा शिखर सम्मेलनमा घोषणा गरिएको लगानीको केही अंश समावेश भएको समाचारमा जनाइएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदा शनिबार भारतको आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL