काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
टेलिकमले आफ्नो इतिहासमा पहिलो पटक बोनस सेयर दिएको हो । लाभांस वितरणसँगै टेलिकमको चुक्ता पूँजी १५ अर्बबाट १८ अर्ब पुग्ने बताईएको छ ।
यस्तै टेलिकमले चैत २४ मा साधारणसभा गर्ने निर्णय गरेको छ । टेलिकमको बोनस सेयर चैत १० सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् ।