Logo

लाइसेन्सको आवेदन स्थगित, हालसम्म परेका आवेदनलाई प्राथमिकता

लाइसेन्सको आवेदन स्थगित, हालसम्म परेका आवेदनलाई प्राथमिकता



काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि पुनः सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन बन्द गर्ने भएको छ । विभागले हालसम्म परेका आवेदनको सकेसम्म चाँडो काम सकाउनुपर्ने र त्यसपछि मात्रै नयाँका लागि आवेदन लिने बताउँदै आवेदन लिने कार्य बन्द गर्न लागेको हो ।

‘हालसम्म परेका अनलाईन आवेदनको कारवाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले यहि मिति २०७८ चैत्र १ गतेदेखि अर्काे सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीलाई पर्नजाने असुविधा प्रति हामी क्षमाप्रार्थि छौं ।’


विभागमा पछिल्लो समय लगातार अनलाईनमार्फत आवेदन आईरहेकाले आवेदन दिने कतिपय सेवाग्राहीको कार्यालय भिजिट गर्ने मिति नै ३ बर्षपछि पर्ने गरेको । हालसम्म परेका करिव ६ लाख बढि आवेदनको टुंगो लगाउन तत्कालका लागि आवेदन लिने काम बन्द गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्