Logo

ओलीले भने-मन्त्रीहरुले ब्ल्याकमेल गरेर पैसा असुली गरे एमाले सहेर बस्दैन, व्यवसायीको समस्या समाधान गर्न समिति गठन

ओलीले भने-मन्त्रीहरुले ब्ल्याकमेल गरेर पैसा असुली गरे एमाले सहेर बस्दैन, व्यवसायीको समस्या समाधान गर्न समिति गठन



पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार र सरकारका मन्त्रीहरुले उद्योगी व्यसायीहरु उद्योगी व्यवसायीलाई ब्लयाकमेल गरे कमाउ धन्दामा लागेको बताएका छन् । ‘उद्योग बन्द गरेर होस वा तर्साएर होस सरकारकै मन्त्रीहरु असुलीमा लागेका छन्,’ नेकपा एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागद्वारा अर्थतन्त्रको वर्तमान अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा उनले भने, ‘जुन कुरा उनीहरुले पहिला राज्यभन्दा बाहिर बसेर गर्थे अहिले सरकारमै बसेर गरिरकेका छन् ।’

अहिलेको सरकारले राष्ट्रिय बिकास समस्या समाधान समितिको बैंठकल समेत नबोलाएर व्यवसायीको गुनासो समेत सुन्न छाडेको उनको भनाई थियो । अहिले कमिसन नदिएका कारण ठेकेदारको भुक्तानी समेत रोकिदिएको गुनासो आउने थालेको भन्दै व्यवसायीहरु ठूलो समस्यामा परेको उनले जानकारी दिए । पछिल्लो समय बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेको भन्दै त्यसले बैंकको औचित्य माथिनै प्रश्न चिन्ह खडा गरेको बताए । ‘बैंकले नाजायज रूपमा ऋणीहरुबाट ठूलो रकम असुली गर्दै आएको छ,’ उनले भने, ‘अरु सबै उद्योग व्यवसाय धरासायी हुने बैंकले मात्र कमाउनु पर्छ भन्ने छैन ।’ अहिले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल र तादम्यता नभएको बताउँदै यसले ठूलो समस्या निम्तयाउने बताए ।

पछिल्लो समय सरकारको उपस्थिति नहुदा बिदेशी मुद्रा अपचलन बढेको भन्दै हुण्डी समेत मौलाएको ओलीको भनाई थियो । ‘सरकारले औपचारिक क्षेत्रलाई समस्यामा पारेर अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहा गरेको भान भएको छ’ उनले भने, ‘अहिले नेपालको उत्पादन निर्यात नभई आयात गरेर सोही बस्तु निर्यात गर्ने काम भैरहेको छ ।’ विशेषगरी नेपालमै नहुने सुपारी, तेल, दालजस्ता बस्तु निर्यातको कुनै अर्थ नरहेको समेत उनले जानकारी दिए ।

यसैगरी विभागका प्रमुख एवं पूर्व राज्यमन्त्री मोतीलाल दुगडले व्यवसायीको समस्या समाधान गर्न एमालेले उधोग, बाणिज्य तथा आपुर्ति विभाग अन्गतरगत छुट्टै इकाई गठन गरेको बताए । उक्त इकाईमार्फत व्यवसायीका समस्या समाधान गर्न सहयोग समेत उनले जानकारी दिए । ‘हामीले कानुनी परामर्श मात्र होइन उद्योगी व्यवसायीलाई परेको समस्या सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयमै गएर समाधान गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि एमालेको पार्टी कार्यालयबाट विहान ९ बजेदेखि बेलुवा ९ बजेसम्म काम गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL