Logo

महासंघमा विधान संसोधनको च्याप्टर क्लोज, ३५ बुँदे सुझाव सहित लेखापरीक्षण रिपोर्ट पास

महासंघमा विधान संसोधनको च्याप्टर क्लोज, ३५ बुँदे सुझाव सहित लेखापरीक्षण रिपोर्ट पास



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संसोधन प्रक्रिया रोकिएको छ । महासंघको आज भएको कार्यसमिति बैंठकमा विधान संसोधनको कुनै एजेन्डा प्रवेश नभएपछि लामो समयदेखि रस्साकस्सीमा रहेको विधान संसोधनको च्याप्टरनै क्लोज भएको हो ।

महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका र पूर्व अध्यक्ष कुशकुमार जोशीले विधानलाई आफु अनुकुल हुनेगरी विधान संसोधन प्रक्रिया अघि बढाएका थिए । तर, सो विषयमा यस अघि भएको कार्यसमिति बैठकले पदाधिकारी बैठकबाट छलफल गराएर मात्रै कार्यसमितिमा ल्याउनुपर्ने भन्दै फर्काएको थियो । पदाधिकारी बैठकबाट विधान संसोधनको विषयमा अघि बढ्न नसकेपछि यो कार्यकालका लागि विधान संसोधको विषय रोकिएको महासंघ स्रोतले जानकारी दिएको छ ।

यस अघि विधान संसोधन समितिका संयोजक जोशीले संसोधित विधानको मस्यौदामा हाल भैरहेको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्ने, महासंघमा ३ कार्यकालसम्म कार्यसमिति सदस्य नभएसम्म उपाध्यक्ष उठ्न नपाउने, जो महासंघका बढि कार्यकाल रहेको जो व्यक्तिले जित्छ सोही व्यक्ति उपाध्यक्षमा सिनियर हुनेजस्ता विषयहरु उल्लेख गरिएको थियो । तर जोशीले ल्याएको उक्त प्राबधान महासंघको हितमा नहुने भन्दै यस अघिनै विवाद भएको थियो ।

यसैगरी महासंघभित्र हिसावकिताव पारदर्शी नभएको भन्दै यस अघि पास हुन नसकेको लेखापरीक्षण रिपोर्ट आज बसेको कार्यसमिति बैंठकले स्वीकृत गरेको छ । यसअघि उक्त लेखापरीक्षण रिपोर्ट अध्ययनका लागि महासंघकै कार्यसमिति सदस्य डिबी बस्नेतको नेतृत्वमा एक कमिटि गठन गरिएको थियो । सो कमिटिले उक्त रिपोर्ट मार्थि ३५ बुँदे सुझाव दिँदै हालका लागि महासंघको वार्षिक लेखापरीक्षण रिपोर्ट पास गरिएको महासंघ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL