Logo

कालिञ्चोक भगवतीमा केवलकार निर्माण गरिँदै, २०७४ बैशाखदेखि संचालनमा आउने

कालिञ्चोक भगवतीमा केवलकार निर्माण गरिँदै, २०७४ बैशाखदेखि संचालनमा आउने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । दोलखाको कालिञ्चोक भगवती स्थानमा केवलकार सञ्चालन गरिने भएको छ । कालिन्चोक दर्शन प्रालिले सो स्थानमा केवलकार सञ्चालन गर्न लागेको हो ।

हाल केवलकार निर्माणका लागि आवश्यक प्र्रविधि तथा उपकरण आयातका लागि प्रतितपत्र (एलसी) समेत खोलिसकेको कम्पनीका प्रवन्ध निर्देशक बालकृष्ण सिवाकोटीले जानकारी दिए । ‘उपकरण आयात गर्न केही समय लाग्छ,’ उनले भने ‘त्यस्ता सामग्री ल्याएसँगै निर्माण कार्य शुरु गर्ने छौं ।’

शिवाकोटीका अनुसार केवलकार निर्माणको काम आगामी बैशाखदेखि शुरु गरिने छ । केवलकार सञ्चालनका लागि करीव २६ करोड लगानी लाग्ने बताइएको छ । केवलकार २०७४ बैशाखसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना रहेको उनले जानकारी दिए ।

कालिञ्चोक सास्ंकृतिक तथा प्राकृतिक हिसावले उत्कृष्ट स्थान भएकोले केवलकार संचालनका लागि सो स्थान रोजिएको सिवाकोटीले बताए । ‘धार्मिक तथा प्रकृति प्रेमी आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै केवलकार स्थापना गर्न लागिएको हो,’ उनले भने ।

करिव ३ हजार ८ सय मिटर उचाइमा रहेको सो स्थान काठमाडौंबाट गाडीमा ४ घण्टामा पुगिन्छ । पुसदेखि चैतसम्म हिउँ पर्ने भएकोले हिउँखेल्न चाहनेले पनि सो स्थान उपयोगी हुने बताइएको छ । केवलकार भनेसँगै कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुको समेत भीड लाग्ने कम्पनीको विश्वास छ ।

केबलकारको बटन स्टेशनबाट टप स्टेशन पुग्न पाँच मिनेट लाग्ने छ । उक्त स्थानको दूरी १ किलोटिरको हुने छ । कम्पनीले १२ जना अट्ने २ ओटा केबलकार सञ्चालन गर्न लागेको हो । कालिञ्चोक दर्शन पब्लिक लिमिटेड कम्पनी हो । सेवामुलक र व्यवसायीक दुवै प्रकारको बनाउने उद्देश्यका साथ पब्लिक लिमिटेड कम्पनीमा दर्ता गरिएको हो ।
सो कम्पनीमा जोकोहीले पनि सेयर हाल्न सक्ने सिवाकोटीले जानकारी दिए ।

केवलकारको टप स्टेशनबाट मौसम सफा भएको समयमा काठमाडौं उपत्यका समेत अवलोक गर्न सकिने छ । त्यस्तै हिमश्रृखला र प्राकृतिक मनोहर दृष्यहरु समेत अवलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्