काठमाडौं । अब सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत कायम भएको छ । शुक्रबार बसेको बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले यसअघिको १४ दशमलव ७५ प्रतिशत सन्दर्भ ब्याजदरलाई परिवर्तन गर्दै १६ प्रतिशत ब्याजदर तोकेको हो ।
यस अघि सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत थियो ।
तत्कालको लागि १६ प्रतिशत कायम भएको र बैंकहरुको बेसरेट आएपछि पुनः पुनरावलोकन हुने समितिले जानकारी दिएको छ ।