Logo

माघ २९ गतेबाट प्रभु बैंकको एकिकृत कारोवार, शाखा र एटीएममा निजी क्षेत्रकै ठूलो

माघ २९ गतेबाट प्रभु बैंकको एकिकृत कारोवार, शाखा र एटीएममा निजी क्षेत्रकै ठूलो


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । प्रभु बैंकले यही माघ २९ गतेबाट एकिकृत कारोवार शुरु गर्ने भएको छ । प्रभु बैंक र ग्राण्ड बैंकबीच मर्ज भई प्रभुको नामबाट एकिकृत कारोवार शुरु गर्न लागेको हो ।

फागुनबाट एकिकृत कारोवार शुरु गर्ने भनिएपनि नेपाल राष्ट्र बैंकले माघबाटै शुरु गर्न पत्राचार गरेपछि सोही अनुरुप माघ २९ गतेबाट गर्न लागिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘हामीले अन्तिम स्वीकृति माग गर्दा मागबाटै एकिकृत कारोवार गर्ने गरी मागेका थियौं,’ उनले भने, ‘सोही अनुरुप राष्ट्र बैंकले पत्राचार गरेपछि माघबाटै गर्न लागेका हौं ।’

यी दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले यही माघको पहिलो हप्ता अन्तिम स्वीकृति दिएको थियो । मर्जरसँगै शाखा तथा एटीएम संख्याको आधारमा निजी क्षेत्रको सवैभन्दा ठूलो बैंक हुने छ । मर्जपछि बैंकको शाखा तथा काउण्टर संख्या १ सय ३६ पुग्ने छ भने १ सय २३ वटा एटीएम हुने छन् ।

मर्जपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ९२ करोड पुग्ने छ । मर्जरमा जानका लागि पनि यी दुई बैंकबीच सेयर स्वाप रेसियो प्रभु बैंकको प्रतिसेयर मुल्य १ सय २१ रुपैयाँ ४५ पैसा र ग्राण्डको प्रतिकित्ता ६५ रुपैयाँ ५८ पैसा कायम गरिएको थियो ।

मर्जर पश्चात बैंकको नाम ‘प्रभु बैंक लिमिटेड’ नै रहने छ । यस्तै बैंकको केन्द्रिय कार्यालय हाल प्रभु बैंक रहेको विजुलीबजार स्थित भवनमै रहने छ । सञ्चालक समितिमा प्रभु बैंकको संचालक समितिले नै निरन्तरता पाउने छ भने प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका अशोक शेरचन नै रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL