Logo

एनपीबीसीएलले भन्यो, ‘सुरुङमार्ग बन्छ, काम अघि बढीरहेको छ’

एनपीबीसीएलले भन्यो, ‘सुरुङमार्ग बन्छ, काम अघि बढीरहेको छ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुर्वाधार बिकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना ढिलागरी भएपछि सम्पन्न हुने बताएको छ । कम्पनीले परियोजना सम्पन्न गर्ने गरी काम समेत भइरहेका दाबी गरेको छ ।

कम्पनीले काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजनाका सन्दर्भमा बाहिर आएका बिभिन्न बिषयहरुबारे गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘यस कम्पनीले परियोजना बनाउने सन्दर्भमा केही बिशेष कारणहरुले गर्दा ढिलाई भएको भएपनि परियोजना सम्पन्न गर्ने गरी कम्पनी अघिबढिरहेको छ’ कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस सन्दर्भमा कुनैपनि भ्रममा नपर्न लगानीकर्ता, संचारकर्मी तथा सम्बद्ध सरोकारवाला पक्षहरुलाई निबेदन गरिन्छ ।’

कम्पनीका शेयरधनी तथा बोर्ड सदस्य सभासद सुभासचन्द्र ठकुरी र कम्पनीमा कुनैपनि लगानी नरहेका बिज्ञ संचालक तथा उपाध्यक्षका रुपमा बोर्डबाट नियुक्ति पाएका लालकृष्ण केसीले पुर्व संचालक तथा हालका एरिया कोअर्डिनेटर राजुमान महर्जनलगायतलेसंघर्ष समितीको नाममा कम्पनीको कार्यालय घेराउ गर्ने, हुलदंगा गर्ने, कम्पनीका अध्यक्ष कुशकुमार जोशी तथा घरपरिवारलाई भौतिक आक्रमण गर्ने धम्की दिनेलगायत काम गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL