Logo

डेरीवालाहरुले अझै बढाए दूधको मूल्य, अब उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ

डेरीवालाहरुले अझै बढाए दूधको मूल्य, अब उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ



काठमाडौं । डेरी व्यवसायीहरुले दूधको मूल्य सरकारले तोकिदिएको भन्दा १ रुपैयाँले बढाएका छन् । सरकारले किसानका लागि दूधको मूल्य ७ रुपैयाँले बढाईदिएपछि डेरीवालाहरुका लागि पनि ९ रुपैयाँले दूधको उपभोक्ता मूल्य बढाईदिएको थियो । तर, डेरी एसोसीएसन, डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको जानकारी दिएका हुन् ।

यसअघि सरकारी संस्थान दूध संस्थानले दुधको उपभोक्ता मूल्य ९ रुपैयाँले बढाईदिएको थियो । तर, उक्त मूल्यले आफुलाई नपुग्ने भन्दै व्यवसायीहरुले त्यसमा एक रुपैयाँ थपेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL