Logo

लेखा समितिमा देखियो सभासद्को एनसेल प्यार, महत्तो भन्छन, एनसेललाई धन्यवाद दिनुपर्छ

लेखा समितिमा देखियो सभासद्को एनसेल प्यार, महत्तो भन्छन, एनसेललाई धन्यवाद दिनुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको लेखा  समितिमा सभासद्ले नै एनसेलको वचाउ गर्दै वकालत गरेका छन् । एनसेल खरिदविक्रीको समान्य कुरालाई राज्यले ठूलो रुप बनाएको भन्दै सभासद् विरेन्द्र महत्तोले गुनासो व्यक्त गरे । ‘एनसेल खरिद विक्रीको वास्तविक विषय नबुझी पत्रपत्रिकामा समाचार आउँदैमा राज्यले यसलाई ठूलो विषय बनायो,’ उनले भने, ‘यो एमदमै नकारात्मक काम हो ।’ सभासद् महत्तो एनसेलका अप्रत्यक्ष लगानीकर्ता डा. उपेन्द्र महात्तोका भाइ हुन् ।

एनसेलले कर तिर्छु भन्दाभन्दै पनि विभिन्न सरोकारवाला निकायले यसलाई नकारात्मक रुपमा प्रस्तुत गरिरहको उनको भनाइ थियो । ‘मैले थाहा पाएसम्म एनसेलले कर तिर्छु भनिरहेको छ तर राज्यले यसलाई प्रक्रियामा लैजानुको सट्टा खिचातानी गरेर अनावश्यक बहश गरिरहेको छ,’ महत्तोले भने ।

हाल एनसेल खरिदविक्रीको शुरुवाती चरणमा रहेको जानकारी दिँदै अहिले नै एनसेलले कर छली गर्यो, राज्य ठगियो भनेर विभिन्न समिति तथा उपसमितिमा बहश गर्नु नै गलत भएको उनको धारणा थियो । ‘एउटा कम्पनी खरिद विक्रीका लागि १० भन्दा बढी मन्त्रालय धानउनुपर्ने वाध्यता छ,’ उनले भने, ‘हाल एनसेलले खरिदविक्रीको प्रक्रियाबारे विभिन्न मन्त्रालयसँग राय मागिरहेको छ, हामीले यसको यथार्थता बुझ्न जरुरी छ ।’ साथै, कर लगाउने विषयमा सम्बन्धित निकायबाट स्पष्ट धारणा आउनु पर्ने बताए ।

व्यवसायको बारेमा सामान्य जानकारी नै नभएको व्यक्तिले एनसेलको वारेमा बहश गरिरहेको समेत उनको आरोप थियो । ‘१० करोडमा स्थापना भएको कम्पनी खर्बो रुपैयाँमा किनबेच भयो भनेर वहश गर्नु भनेको १० लाख कठ्ठामा किनेको जग्गा ८० लाखमा विक्री भयो भन्नु जस्तै हो,’ उनले भने, ‘कुनै पनि व्यवसाय नाफा कमाउन गरिन्छ तसर्थ थोरै लगानी गरेर बढी नाफा गरेकोमा हामीले एनलेलाई धन्यवाद दिनुपर्छ ।’ एनसेलको वारेमा अनावश्यक खिचातानी गरेर वैदेशिक लगानीलाई निरुत्साहित गर्ने काम भइरहेको समेत उनले बताए ।

छलफलमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले पनि एनसेल खरिदविक्रीको राजस्व उठाउँदा वैदेशिक लगानी हतोत्साहित हुने धारणा व्यक्त गरे । ‘टेलियासोनेरा र एक्जियटाबीच भएको एनसेलेको खरिदविक्रीमा कर लगाउँदा नेपाल नर्वेबीच भएको दोहोरो कर सम्झौलाई पनि ख्याल गिरनुपर्छ,’ उनले भने, ‘तसर्थ यस विषयमा गहन अध्ययन गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL