Logo

एक दिन पनि टिकेन तेहेरो अंकको वृद्धि, फाईनान्स र विकास बैंकमा उच्च गिरावट

एक दिन पनि टिकेन तेहेरो अंकको वृद्धि, फाईनान्स र विकास बैंकमा उच्च गिरावट



काठमाडौं । साताको पहिलो दिन आईतबार १ सय ५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार भने दोहोरो अंकले ओरालो लागेको छ । गत हप्ताभरी नै उल्लेख्य गिरावट आएको बजारमा यो हप्ताको आईतबार भने एकाएक उछाल आएको थियो । तर, आईतबार आएको उछाल १ दिन पनि टिक्न नपाउँदा सोमबार परिसुचकमा १४ दशमलव ४८ अंकको गिरावट आएको हो ।

आज बजार दोहोरो अंकले घट्दा नेप्से २८ सय ७१ को विन्दुमा आएर अड्किएको छ भने कारोबार रकम ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँमै सिमित भएको छ । सोमबार बजारमा कुल २ सय २५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि हिजोको तुलनामा खुम्चिएको हो ।

आज दिनभर कारोबार भएका १३ समुहमध्ये ३ समुहको परिसुचक बढ्दा अन्य सबै समुहको परिसुचकमा गिरावट आएको देखिन्छ । जसमा सबैभन्दा धेरै गिरावट बीमा समुहको परिसुचकमा देखिन्छ । आज जिवन बीमा समुहको परिसुचक २ सय २१ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचकमा १ सय ७८ अंकको गिरावट आएको छ ।

यस्तै सोमबार विकास बैंक समुहको परिसुचकमा पनि १ सय १० अंकले घट्दा फाईनान्स समुहको परिसुचकमा ४३ अंकको पहिरो गएको नेप्सेले जानकारी दिएको छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा पनि आज १९ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा ७१ अंकको गिरावट आएको छ ।

आज उकालो लागेका समुहमा ईन्भेष्टमेन्ट, लघुवित्त र अन्य समुह रहेका छन् । यी समुहको परिसुचकमा क्रमशः २, ३० र २८ अंकको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL