Logo

१ हप्ताभित्रै ‘ऊर्जा संकट’ घोषणा गरिने, ३ तहको कार्यक्रम ल्याईँदै

१ हप्ताभित्रै ‘ऊर्जा संकट’ घोषणा गरिने, ३ तहको कार्यक्रम ल्याईँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रम सहित १ हप्ताभित्र ऊर्जा सङ्कटकाल घोषण गरिने बताए । नीतिमूलक अनुसन्धान तथा विकास संस्था(इप्राड)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारले ऊर्जा क्षेत्रको तत्कालिन एवम् दीर्घकालिन योजना सहित स्पष्ट कायक्रम ल्याउने अन्तिम तयारी गरेको छ,’ उनले भने, ‘ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो ? यस विषयमा मूर्त समाधानको उपायसहित एक साता भित्रै ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ ।’

मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणसहितको कार्यक्रम ल्याईने जानकारी दिँदै ऊर्जा उत्पादन हुन नसक्दा विकासले गति लिन नसकेको बताए । अव सरकारले विद्युत उत्पादनमा कुनै ढिलाई नगर्ने जानकारी दिए ।

सरकारले विद्युत विकासको तत्काल, मध्यकाल र दीर्घकालको कार्यक्रम सहित सरकारले स्पष्ट दृष्टिकोण सार्वजनिजक गर्ने उल्लेख गर्दै यस क्षेत्रमा देखिएका कानुनी अड्चन समेत हटाइने बताए । आफू जलस्रोत मन्त्री हुँदा ल्याएको ऊर्जा सङ्कटका ३८ बुँदे कार्यक्रमलाई अघि बढाएको जानकारी दिँद सोही बुँदाभित्र समाधानका उपाय खोज्न सरकारको ध्यान केन्द्रित रहेको बताए ।

सरकारले ट्रान्समिसन लाइन निर्माणको काम तत्काल शुरु गर्न लागेको जानकारी दिँदै निर्माणधिन आयोजनालाई सम्पन गर्न समेत तत्परता देखाएको बताए । साथै, विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ कार्यक्रमहरु ल्याउन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL