Logo

धितोपत्र दलालको नयाँ लाइसेन्स खुला गर्न बोर्डको निर्देशन

धितोपत्र दलालको नयाँ लाइसेन्स खुला गर्न बोर्डको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ धितोपत्र दलालको लाइसेन्स खुला गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । सो सम्बन्धमा छुट्टै कमिटि गठन गरेर अध्ययन गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘नेप्सेले उपत्यका वाहिर धितोपत्र दलालको शाखा विस्तार गर्न लागेको छ,’ उनले भने, ‘तर, बोर्डले शाखा विस्तार मात्र नभई नयाँ दलाल खोल्नका लागि समेत अध्ययन गर्न दिर्नेशन दिएको छ ।’

हाल ५० वटा धितोपत्र दलाले सेयर खरिदविक्री सम्बन्धी कारोवार गर्दै आएका छन् । बजारमा देखिएको धितोपत्र निक्षेप व्यवसायीको बढ्दो माग तथा संचालनमा रहेका निक्षेप कम्पनीको सिमित क्षमता र प्रविधिलाई दृष्टिगत गरी नयाँ धितोपत्र दलालको लाइसेन्स खुला गर्न निर्देशन दिइएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी, कम्तीमा १० धितोपत्र दलाल मिलेर १ निक्षेप सदस्य सम्बन्धी काम गर्न सक्ने व्यवस्था भएकाले सो सम्बन्धमा पनि आवश्यक छलफल गर्न निर्देशन दिएको छ । धितोपत्र दलाल मिलेर ठूलो पूँजी तथा प्रयाप्त क्षमताका साथ निक्षेप सदस्यता सम्बन्धी काम गर्न सक्ने भएकाले आगामी दिनमा देशभरका लगानीकर्तालाई समेट्न सकिने बोर्डले विश्वास लिएको छ ।

गिरीका अनुसार शाखा विस्तार तथा नयाँ लाइसेन्स खुला गर्नका लागि नेप्से, सिडीएसि, बोर्डलगायतका विभिन्न सरोकारवाला निकाय सम्मिलित कार्यदल बनाउन निर्देशन दिइएको हो । साथै, शाखा विस्तार तथा धितोपत्रको दोस्रो बजार विस्तारजस्ता संवेदनशील नीतिगत निर्णय गर्दा बोर्डसँग आवश्यक समन्वय गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL