Logo

आयातमा थप कडाई, चिनी, चकलेटलगायत वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन अनिवार्य

आयातमा थप कडाई, चिनी, चकलेटलगायत वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात व्यापारलाई थप कस्नेगरी नयाँ निर्देशिका जारी गरेको छ । सोमबार केन्द्रिय बैंकले विभिन्न वस्तुहरुमा शतप्रतिशत नगद मार्जिन राख्नेगरी निर्देशिका जारी गरेको हो । बैंकले एकिकृत परिपत्र २०७६ मा संशोधन गर्दै चिनी, चक्लेट, सुर्तिजन्य पदार्थ, जुत्ताचप्पललगायतका वस्तुहरुको आयातमा लगाम लगाएको हो ।

संशोधित परिपत्रअनुसार यी वस्तुहरुको आयात गर्ने प्रतितपत्र खोल्दा विभिन्न बैंकहरुले आयातकर्तासँग शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्नेछन् । यस्तै केन्द्रिय बैंकले गाडी तथा मोटरसाईकल आयात गर्दा भने ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै आयातमा कडाई गरी भुक्तानी सन्तुलनमा राहन पुर्याउने बताएको थियो । पछिल्लो समय बढ्दै गएको वैदेशिक मुद्रा संचितिमा गिरावट र शोधनान्तर स्थिति लगातार घाटामा गएको भन्दै आयातमा कडाई गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL