Logo

अन्तरराष्ट्रिय व्यापारको दयनीय अवस्था : निर्यात १०४ प्रतिशतले बढ्दा ८२ अर्ब, आयात ६१ प्रतिशतले बढ्दा साढे ६ खर्ब

अन्तरराष्ट्रिय व्यापारको दयनीय अवस्था : निर्यात १०४ प्रतिशतले बढ्दा ८२ अर्ब, आयात ६१ प्रतिशतले बढ्दा साढे ६ खर्ब



काठमाडौं । नेपालको अन्तरराष्ट्रिय व्यापारको अवस्था दयनीय बन्दै गएको छ । नेपालबाट ४ महिनामा निर्यात १०४ प्रतिशतले बढेपनि जम्मा ८२ अर्ब १२ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । तर सोही अबधिमा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि हुँदा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

नेपालको निर्यातको हिस्सा एकदमै न्यून हुँदा प्रतिशतको आधारमा उच्च वृद्धि हुँदा पनि मुल्यलाई आधार मन्ने हो भने ज्यादै कम रहेको छ । तर आयातको हिस्सा उच्च हुँदा कम प्रतिशतले वृद्धि हुँदा पनि उच्च हुने गर्दछ ।

नेपालबाट गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा हेर्दा विदेशबाट आयात गरिने निर्यात पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ तर नेपालको आफ्नै उत्पादन चिया, अलैंचीको निर्यात भने घट्न पुगेको छ । यस्तै सोही अबधिमा तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात पनि घटेको तथ्यांकले देखाएको छ ।

यसैगरी सोही अबधिमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयँको बस्तु आयात भएको छ । जसमा मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ । तर सोही अबधिमा सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्