Logo

जनवरी–फेब्रुअरीमा ओमिक्रोन द्रुत रूपमा फैलिन सक्ने, विज्ञहरुले दिए विश्वलाई सजग रहन यस्तो चेतावनी

जनवरी–फेब्रुअरीमा ओमिक्रोन द्रुत रूपमा फैलिन सक्ने, विज्ञहरुले दिए विश्वलाई सजग रहन यस्तो चेतावनी



काठमाडौ । कोरोनाको नयाँ संस्करण ओमिक्रोनका कारण विश्वभर त्रासको वातावरण छ। दक्षिण अफ्रिकादेखि बेलायतसम्म ओमिक्रोनको नयाँ केसहरू द्रुत गतिमा बढिरहेका छन् ।

यसैबीच, जनवरी–फेब्रुअरीमा यो नयाँ भेरियन्टका केसहरू बढ्ने अनुमान सार्वजनिक भएको छ । विज्ञहरूले चेतावनी दिएका छन् कि ओमिक्रोन ओमिक्रोन जनवरी–फेब्रुअरीमा डेल्टा भेरियन्ट भन्दा छिटो फैलिन सक्छ।

भारतका एक वरिष्ठ अधिकारीले देशमा ओमिक्रोनको फैलावटको गति डेल्टा भन्दा बढी हुन सक्ने बताएका छन् । उनले जनवरी–फेब्रुअरीमा ओमिक्रोनका केसहरू निकै छिटो बढ्न सक्ने बताए । यद्यपि उनले ओमिक्रोनको संक्रमण धेरै गम्भीर नहुने पनि बताए ।

उक्त अधिकारीले भने–‘ओमिक्रोनमा गरिएको अध्ययनले यो स्थानीय रोगको चरणमा पुगेको देखेको छ र यसबाट आत्तिनुपर्ने अवस्था छैन। यस चरणमा संक्रमण छिटो हुन्छ तर यो गम्भीर हुँदैन।’ यद्यपि खोप लिएका मानिसहरूलाई पाि ओमिक्रोनको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोनको फैलावटको दर एकदमै छिटो रहेको र हालसम्म ७७ देशमा फैलिसकेको जनाएको छ । संगठनले यसको फैलावट रोक्नका लागि कदम चाल्न सबै देशलाई अपिल गरेको छ। ओमिक्रोनका कारण विश्वभर भाइरस धेरै छिटो फैलिने विज्ञहरुले बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL