Logo

महासागर जस्तै चिनियाँ अर्थव्यवस्था–राष्ट्रपति सी, विश्वव्यापी लोकतान्त्रिक मूल्यलाई बलियो बनाउन साझेदार गरिने–प्रधानमन्त्री मोदी

महासागर जस्तै चिनियाँ अर्थव्यवस्था–राष्ट्रपति सी, विश्वव्यापी लोकतान्त्रिक मूल्यलाई बलियो बनाउन साझेदार गरिने–प्रधानमन्त्री मोदी



काठमाडौं । राष्ट्रपति सी चिनफिङले चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै भएको र जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम भएको बताएका छन् ।


‘समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला हावा र आँधीबेहरी मात्र आशा गर्न सकिन्छ,’ सीले २०१८ मा पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उद्घाटन समारोहमा भनेका थिए ।

कोभिड १९ महामारी, दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व अर्थतन्त्रको सबैभन्दा खराब मन्दी र चीनको विकासलाई रोक्न केही देशहरूले गरेको प्रयासको बावजुद चीनको अर्थतन्त्र बलियो बनेको छ । यस अस्तव्यस्तताले ओझेलमा पर्नुको सट्टा, चीनको अर्थतन्त्र बलियो रह्यो २०२० मा वृद्धि हुने एकमात्र प्रमुख अर्थतन्त्रको रूपमा उदाउँनुमा चिनियाँ नेतृत्व र विशाल घरेलु बजार महत्त्वपूर्ण कारक रहेका छन् । ‘धेरै हावा र आँधीबेहरीको अनुभव गरिसकेपछि, समुद्र अझै पनि स्थिर नै रहन्छ, धेरै हावा र आँधीको अनुभव गरिसकेपछि, महासागर अझै त्यहाँ रहनेछ । हो चीन पनि त्यस्तै छ । महासागरले जीवनलाई पोषण दिन्छ, चीनको विकास, वृद्धि र अवसरहरूले बाँकी विश्वलाई फाइदा पुर्यायउँछ ।, सीको टिप्पणी छ ।

चीनले गत वर्षको शुरुमा काम र उत्पादन पुनः शुरु गर्न अगाडि बढ्यो र विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरतामा योगदान पुर्या एको छ । बढ्दो आयातले विश्व अर्थतन्त्रको पुनरुत्थानलाई पनि बढाएको छ ।

जसरी महासागरले कुनै नदीलाई अस्वीकार गर्दैन, समसामयिक चीन पनि त्यस्तै समावेशी छः राष्ट्र स्वतन्त्र व्यापार र बहुपक्षीयताको सशक्त वकालत र खुला विश्वव्यापी अर्थतन्त्रको सक्रिय समर्थक हो । सन् २०२० मा चीनको सुधार र खुलापनको अग्रपंक्तिमा रहेको शाङ्घाईको पुडोङको विकास र खुलापनको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सीले विश्व अर्थतन्त्र पनि एउटा महासागर भएको बताएका हुन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो । ‘राष्ट्रपति बाइडेनको निमन्त्रणामा लोकतन्त्रको लागि शिखर सम्मेलनमा भाग लिन पाउँदा खुसी छु । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा, भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम गर्न तयार छ,’ प्रधानमन्त्री मोदीको ट्वीटमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलन शुरु गरेका हुन् । प्रधानमन्त्री मोदी बाहेक फ्रान्स, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, जापान, इजरायललगायतका लगभग ८० देशका विश्व नेताहरूले उद्घाटन भाषणमा भाग लिएका छन् । शिखर सम्मेलनले लोकतन्त्रले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ । उक्त शिखर सम्मेलनले नेताहरूलाई व्यक्तिगत र सामूहिक प्रतिबद्धताहरू, सुधारहरू, र लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेश तथा विदेशमा भएका पहलहरू घोषणा गर्न मञ्च प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्