Logo

यस कारण रोकिएन बजारमा सेलिङ प्रेसर, नेप्से २१ अंकले घट्दा कारोबार रकम खस्कियो

यस कारण रोकिएन बजारमा सेलिङ प्रेसर, नेप्से २१ अंकले घट्दा कारोबार रकम खस्कियो



काडमाडौं । आईतबार उच्च सेलिङ प्रेसर आएको सेयर बजारमा सोमबार पनि सो क्रम रोकिएन । सोमबार लगातीकर्ताहरुले बजार थामिने आसा राखेपनि ठिक त्यसको विपरित बजार दोहोरो अंकले घट्न पुग्यो ।

सोमबार बजार खुलेको केही समय उकालो लागेपनि अन्तिममा २१ दशमलव ४८ अंकले घट्न पुग्यो । पछिल्लो समय लगानीकर्ताहरुलाई बोनस सेयर बुक गर्नका लागि त्यसमा लाग्ने कर आफैले तिर्नु परेको र लगानीकर्ताले अपेक्षा गरे अनुरुप राष्ट्र बैंकले सेयर कर्जाको सीमा परिवर्तन नगरेका कारण बजारमा सेलिङ प्रेसर आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘राष्ट्र बैंकको नीति अनुसार धेरै ओटा बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयर मात्रै दिँदा त्यसमा लाग्ने कर लगानीकर्ता स्वयमले नै तिर्नुपरेको छ,’ एक लगानीकर्ताले भने, ‘आफ्नो बोनस सेयर सुरक्षित गर्नकै लागि पनि लगानीकर्ताले आफुसँग भएको सेयर बिक्री गरेर कर तिर्दै आएका छन् ।’

यसैगरी पछिल्लो समय सेयर धितो कर्जामा लागेको सीमा घटेर बजार बढ्ने आशामा बसेका लगानीकताहरु समेत उक्त व्यवस्थामा परिमार्जन नहुँदा आफुसँग भएको सेयर बिक्री गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बैंकबाट ठूलो मात्रामा कर्जा लिएर बजारमा चलखेल गर्दै आएका लगानीकर्ताले बाध्यताबस आफुसँग भएको सेयर बिक्री गर्नुपर्ने भएको छ भने अन्य साना लगानीकर्ताले पनि त्यसैको मनोबैज्ञानिक त्रासमा कारण आफुसँग भएको सेयर बिक्री गर्न थालेका छन्,’ एक लगानीकर्ताले भने, ‘जसका कारण बजारमा दैनिक दोहोरो अंकको गिरावट आउनुका साथै सेलिङ प्रेसर समेत आएको छ ।’ साथै बजारमा तलरता अभाव हुँदा थप लगानीका लागि कर्जा नपाउँदा समेत बजारमा सेलिङ प्रेसर आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोमबार बजारमा नेप्से परिसुचक घट्नुका साथै कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्लो दिनका् तुलनमा सोमबार कारोबार रकममा पौने २ अर्ब रुपैयाँले गिरावट आएको छ । अघिल्लो दिन कुल ५ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ८ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा २२८ कम्पनीको ८२ लाख २५ हजार कित्ता सेयर कारोबार भए ।
दोहोरो अंकले घटेको बजारमा जलविद्युत र म्युचुल फण्ड बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटन समुहको परिसुचक २ दशमलव २५ प्रतिशतले घट्दा फाइनान्स समुहको परिसुचकमा १ दशमलव २८ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा अघिल्लो दिन अन्तिम समयमा सकारात्मक सर्किट हानेको आईसीएफसीको सेयर मुल्य आज नेगेटिभ सर्किट हान्न पुगेको छ । पछिल्लो समय केही लगानीकर्ताको स्वार्थका कारण बजारलाई बैधानिक जुवाघरको रुपमा परिणत गर्ने काम भैरहेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । तर दोहोरो अंकले घटेको बजारमा न्यादी हाईड्रोपावर र लमलिङ्गी पावरको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL