Logo

जलविद्युत् कम्पनीको सेयर बाडफाँड, न्युनतम १० देखि अधिकतम १ लाख ४४ हजार ८१८ कित्तासम्म पाए

जलविद्युत् कम्पनीको सेयर बाडफाँड, न्युनतम १० देखि अधिकतम १ लाख ४४ हजार ८१८ कित्तासम्म पाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जलबिद्युत लगानी तथा विकास कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले आज एक कार्यक्रम गरी सेयर बाँडफाड गरेको हो ।कम्पनीले सेयर आवेदन दिने सम्पूर्ण लगानीकर्तालाई पर्ने गरी बाँडफाँड गरेको छ । जस अनुसार न्युनतम १० कित्तादेखि अधिकतम १ लाख ४४ हजार ८ सय १८ कित्तासम्म सेयर पाएका छन् ।

कम्पनीले साना लगानीकर्ता अर्थात ५ सय कित्ता भन्दा कमको आवेदन दिनेलाई ११ दशमलव ४ प्रतिशत र सोभन्दा माथीका लगानीकर्तालाई २ दशमलव ९ प्रतिशतका दरले सेयर बाँडफाँड गरेको नागरिक लगानी कोषका डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता सुशिलकुमार कार्कीले जानकारी दिए ।

कम्पनीमा १ लाख ९५ हजार ३ सय ३० जना साना लगानीकर्ताले सेयर भरेका थिए । उनीहरुले न्युनतम ५० देखि अधिकतम ५ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोभन्दा बढीको लागि भने १ लाख ९ हजार ४ सय ३१ जनाले आवेदन दिएका थिए । ठूला लगानीकर्तामा बैंक तथा वित्तीय संस्थाले भने ५० करोड रुपैयाँसम्मको आवेदन दिएका थिए । त्यतिबेला कुल ३ लाख ४ हजार लगानीकर्ताले ४३ अर्ब रुपैयाँभन्दा बढीको सेयर भरेका थिए ।

सेयर आवेदन दिएका लगानीकर्ताले आफूलाई सेयर नपरेको रकम एक हप्तापछि फिर्ता पाउने भएका छन् । धितोपत्र नियमावली अनुसार बाँडफाँट गरेको ५ दिनभित्र रकम फिर्ता गर्नुपर्ने भएपनि प्राविधिक विषय मिलाउन बाँकी भएकाले केही ढिलाई हुने नागरिक लगानी कोषका कार्यकारी प्रमुख रामकृष्ण पोखरलले जानकारी दिए ।

गानीकर्तालाई विभिन्न ६ वटा बैंक मार्फत आफ्नो खातामा पैसा पाउनेछन् । जस अनुसार जनता बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक र बैंक अफ काठमाडौंमा खाता हुने लगानीकर्ताले खातामै पैसा फिर्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL