Logo

३२ अंकले घट्यो बजार, ४ अर्ब १६ करोडको कारोबार

३२ अंकले घट्यो बजार, ४ अर्ब १६ करोडको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२ दशमलव २९ अंकले ओरालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचकको गिरावटले आज पनि निरन्तरता पाएको हो । आज बजारमा कुल २२७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब १६ करोड ५८ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

बजारमा कारोबार भएको उपसमुहहरुमध्ये आज सबैभन्दा धेरै गिरावट बीमा समुहमा देखिन्छ । मंगलबार जिवन बीमा समुहको परिसुचक १८९ अंकले घट्दा निर्जिबन बीमा समुहको परिसुचक २०१ अंकले घटेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ११९ अंकले घट्दा वित्त र लघुवित्त समुहको परिसुचकमा क्रमशः ८८ र ५६ अंकको गिरावट आएको देखिन्छ । आज बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने १५ अंकले घटेको छ ।

आज अन्य समुहबाहेक सबै समुहको परिसुचक ओरालो लागेका हुन् । आज पनि महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा १८० अंक अर्थात १० प्रतिशतको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्