Logo

एनटीआईएसको प्राथमिकतामा १२ बस्तुमात्र समेटिए, नयाँ ४ थपिए

एनटीआईएसको प्राथमिकतामा १२ बस्तुमात्र समेटिए, नयाँ ४ थपिए


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । निर्यात योग्य बस्तु तथा सेवाको उच्च प्राथमिकतामा १२ वटा बस्तु तथा सेवालाई राखिएको छ । वाणिज्य मन्त्रालयले नेपाल एकिकृत व्यापार रणनीति (एनटीआईएस) २०१० को समीक्षा गर्दै निर्यातका लागि उच्च प्राथमिकता १२ वटा  बस्तु तथा सेवालाई मात्र राखेको हो ।
जसमा बस्तु अन्तरगत ९ र सेवा अन्तरगत ३ वटा क्षेत्रलाई समेटेर मस्यौदा तयार पारिएको छ । मस्यौदालाई स्वीकृतिका लागि केही समयभित्रै मन्त्रीपरिषद्मा पठाइने समेत मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले निजीक्षेत्र, सम्बन्धित क्षेत्रका विज्ञ तथा अन्तरराष्ट्रिय सहयोग साझेदारसँगको छलफलपछि सूची तयार पारेको बताएको छ । २०१० मा ल्याइएको नेपाल एकिकृत व्यापार रणनीतिमा विभिन्न १२ वस्तु तथा ७ सेवाक्षेत्र गरी १९ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्रालयले (एनटीआईएस) २०१० को समिक्षा गर्दै यस पटक निर्यात योग्य बस्तुको मुख्य प्राथमिकतामा थप ४ वटा वस्तुलाई समावेश गरेको छ । जसमा लेदर गुड्स, फुट वेयर, कार्पेट र फेवरिक, टेक्स्टाइल यार्न एण्ड रोप रहेका छन् । सन् २०१० मा सरकारले उच्च प्राथमिकतामा राखेका १९ बस्तुमध्ये यस पटक १२ बस्तु भित्र ८ वटा मात्र समावेश भएको छ ।

जस अन्तगत एग्रो एण्ड फुड अन्तरगतको अदुवा, अलैची, चिया र जडीबुटी रहेका छन् भने क्राफ्ट एण्ड इन्ड्रटियल गुड्समा पस्मिना तथा सर्भिस क्षेत्रका टुरिजम, आइटी एण्ड बीपीओ र स्किल एण्ड सेमी स्किल म्यानपावर रहेका छन् । त्यतिवेलाको शिक्षा र स्वास्थ्य क्षेत्रलाई टुरिजममै समाहित गरिएको छ भने इञ्जिनियरिङलाई आईटी एण्ड बीपीओ भित्र राखिएको छ । सन् २०१० को  निर्यातको सम्भावना बोकेका उच्च प्राथमिकतामा रहेको क्राफ्ट एण्ड इण्ड्रटियल गुड्सका ५ बस्तुमध्ये यस पटक १ मात्रसमावेश भएको छ । त्यसैगरी, एग्रो एण्ड हब्स अन्तरगतको ७ बस्तुमध्ये ४ वटा समेटिएका छन् । वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीको संयोजकत्वको गठित समितिले निर्यात योग्य बस्तु तथा सेवाको सूची तयार पारेको हो ।

यसैगरी, सन् २०१० मा उच्च प्राथमिकतामा परेका तथा अहिले नपरेका बस्तुलाई अन्य सम्भावित निर्यातको सूचीमा राखिएको छ । जसमा हाइड्रो इलेक्ट्रीसिटी, ऊल प्रोडक्ट, आइरन एण्ड स्टिल, हाते कागज, मुसुरोका दाल, मह तथा नुडल्सलाई भने निर्यातका अन्य सम्भावनाका बस्तुमा राखिएको छ ।
बस्तुको उत्पादन तथा निर्यातको सम्भावनाको अध्ययन गरी एनटीआईएसको सूची तयार पारिएको समेत मन्त्रालयले जानकारी दिएको छ । सन् २०१० मा प्राथमिकतामा राखिएका अधिकांश वस्तु तथा सेवाक्षेत्रको निर्यातमा उल्लेख्य सुधार आउन नसकेकाले त्यसलाई समयसापेक्ष परिमार्जन गरिएको हो । ‘रणनीतिको समीक्षा गरी अन्तरराष्ट्रिय बजारमा आएको परिवर्तन र नेपाली वस्तुको निर्यातयोग्य क्षमताका आधारमा नयाँ वस्तु तथा सेवाक्षेत्र छनोट गरिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

वस्तु निर्यातको सम्भावना, अन्तरराष्ट्रिय बजार पहुँच, कच्चापदार्थको उपलब्धता तथा आम्दानी बढाउन सक्ने सम्भावनालगायत क्षमताको आधारमा वस्तु तथा सेवाक्षेत्र छनोट गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ ।

अन्य सम्भावितमा पनि चारवटा थपियो

मन्त्रालयले निर्यातका लागि अन्य सम्भावित बस्तुमा थप ४ वटा बस्तु थप गरेको छ । जसमा रेडिमेट गार्मेण्ट, बहुमुल्य रत्न तथा पत्थर, फ्रुट्स एण्ड भेजिटेवल र कफी राखिएको छ । यी बस्तुहरुको निर्यातका लागि सम्भावना भएको भन्दै अन्य सम्भावितको सूचीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL