काठमाडौं । वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा संचालहरुले पनि आन्तरिक उडानको भाडा वृद्धि गरेका हुन् ।
परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार वायु सेवा संचालकहरुले सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढाएका छन् । तर काठमाडौंबाट हुने पर्वतीय उडानको इन्धनमा लाग्ने शूल्क भने १७० रुपैयाँ बढेको छ ।
यसैगरी कम वृद्धि भने डोटी साफेबगर रुटको बढेको छ । उक्त रुटको हवाई भाडा २० रुपैयाँले मात्र बढेको छ ।
कुन रुटको भाडा कति ?