Logo

प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माण गरिने

प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माण गरिने


बिजखबर संवाददाता
54
Shares

सरकारले साता ओटै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । औद्योगीकरणमाफृत मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भएको हो ।
यसका लागि उद्योग मन्त्रालयले चालु आवभित्रै क्षेत्र पहिचान तथा जग्गा प्राप्तीलगायतका काम गर्ने भएको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बिहीवार आफ्नो मन्त्रालयका प्रतिवद्धता सार्वजिनक गर्दै प्रत्येक प्रदेशमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कम्पतीमा १ हजार बिगाह क्षेत्रफल हुने ठूला औद्योगिक क्षेत्र निर्माण गरिने बताए । ‘चालु आवभित्रै क्षेत्र पहिचान, जग्गा प्राप्तीलगायतका कार्य प्रारम्भ गरिने छ’ उनले भने, ‘मन्त्रालयले यस कार्यक्रमलाई महत्वका साथ अघि बढाउने छ ।’
मन्त्रालयले झापाको दमक, रुपन्देहीको मोतिपुर, कञ्चनपुरको दैजी र कास्कीमा नयाँ औद्योगिक क्षेत्र स्थापना र विस्तारका लािग तत्काल काम अघि बढाउने समेत प्रतिवद्धता जनाएको छ । २०४५ साल यता नयाँ औद्योगिक क्षेत्र निर्माण हुन सकेको छैन । त्यसपछिका सरकारले नयाँ औद्योगिक क्षेत्र घोषणा गर्ने गरेका छन् । तर, निर्माण भने हुने गरेको छैन ।
संस्थान निजीकरण नगरिने
उद्योग मन्त्री पाण्डेले कुनै पनि हालतमा सरकारी संस्थानलाई निजीकरणमा नलगिने बताएका छन् । बन्द अवस्थामा रहेका संस्थानहरु पुनःसञ्चालनका लागि सरकारले तयारी गरिहरको भन्दै उनले ती संस्थानलाई कुनै पनि हालतमा निजीकरणमा नलैजाने बताए ।
मन्त्री पाण्डेले नेपाल औषधि लिमिटेड, कृषि औजार कारखाना, बुटवल धागो, वीरगञ्ज चिनी कारखनालगायत सरकारी संस्थानलाई निजीकरण नगरिने बताए । ‘सरकारले बन्द अवस्थामा रहेका सवै संस्थान पुनःसञ्चालनका लागि तयारी गरिरहेको छ’ उनले भने, ‘ती संस्थान सरकारको स्वामित्व रहने गरी मात्रै पुन सञ्चालनमा ल्याइने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL