Logo

एकैदिन एलन मस्कको सम्पत्ति १० अर्ब डलरले बढ्यो, बेजोसभन्दा मस्कको सम्पत्ति सय अर्ब डलरले बढी

एकैदिन एलन मस्कको सम्पत्ति १० अर्ब डलरले बढ्यो, बेजोसभन्दा मस्कको सम्पत्ति सय अर्ब डलरले बढी



काठमाडौं । विश्वकै सबैभन्दा धनी एलन मस्कको सम्पत्तिमा एकैदिन १० अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार आइतबार मस्कको सम्पत्तिमा ९.७९ अर्ब डलरले बढेपछि उनको अहिलेको कुल सम्पत्ति ३०२ अर्ब डलर पुगेको हो ।

टेस्ला कम्पनिका प्रमुख मस्क दोस्रो स्थानमा रहेका अमेजनका प्रमुख जेफ बेजोसभन्दा सय अर्ब डलरले अगाडी रहेका छन् । बेजोसको कुल सम्पत्ति १९९ अर्ब डलर रहेको छ ।

यस सूचीमा तेस्रो स्थानमा रहेका बर्नाड आरनल्टको कुल सम्पत्ति १६८ अर्ब डलर रहेको छ । त्यस्तै यस सूचीमा विगतमा लामो समयसम्म शिर्ष स्थानमा रहेका विल गेट्सको सम्पत्ति १३५ अर्ब डलर रहेको छ भने लेरी पेजको १२९ अर्ब डलर, सर्जी ब्रिनको १२५ अर्ब डलर, मार्क जुकरबर्गको ११८ अर्ब डलर रहेको छ ।

त्यसैगरि पछिल्लो अपडेट अनुसार स्टीव बाल्मरको ११६ अर्ब डलर, लेरी एल्लिसनको ११५ अर्ब डलर, वारेन बफेटको १०५ अर्ब डलर कुल सम्पत्ति रहेको छ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL