Logo

मूल्य समायोजनपछि पनि घाटामा आयल निगम, १५ दिनमा १ अर्ब ८७ करोड घाटा हुने

मूल्य समायोजनपछि पनि घाटामा आयल निगम, १५ दिनमा १ अर्ब ८७ करोड घाटा हुने



काठमाडौँ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रुपैयाँ वृद्धि गरिएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टितेलको ११६र११६ रुपैयाँ निर्धारण गरिएको छ ।

हवाई इन्धनको साविक बिक्री मूल्यमा १० रुपैयाँ वृद्धि गरेर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्‍याइएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको छ ।

ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय रुपैयाँ तोकेको छ । मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा १ अर्ब ८७ करोड हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL